mobile

वृद्धवृद्धाको आशीर्वाद लिई काँग्रेस चुनावी घरदैलोमा

By RSS on Nov 14,2017 - 13:54

नेपाली काँग्रेस चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारले आज पवित्र तीर्थस्थल देवघाट धामबाट घरदैलो अभियान शुरु गर्नुभएको छ । 

शिक्षा राज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार शेषनाथ अधिकारी र प्रदेशसभा सदस्य उम्मेदवार जीतनारायण श्रेष्ठले देवघाटस्थित लक्ष्मीनारायण मन्दिरमा पूजा गरी घरदैलो अभियान शुरु गर्नुभएको हो ।

भरतपुर महानगरपालिका–१ स्थित देवघाटमा रहेका वृद्धवृद्धाको आशीर्वाद लिँदै घरदैलो अभियान शुरु गरिएको शिक्षा राज्यमन्त्री अधिकारीले बताउनुभयो । 

सो क्षेत्रमा घरदैलोमा जाँदा स्थानीय बासिन्दाले बाँदरको आतंक नियन्त्रण गर्न उम्मेदवारसँग आग्रह गरेका छन् । घरदैलो कार्यक्रमपछि मन्त्री अधिकारीले देवघाटलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने बताउनुभयो । “देवघाटको वेनी संगमलाई धार्मिक रुपले महत्वका साथ हेरिने गरेकाले यसलाई धाार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ”, उहाँले भन्नुभयो । 

सो अवरमा प्रदेशसभा सदस्यका उम्मेदवार तथा काँग्रेस चितवनका सभापति श्रेष्ठले बाँदर नियन्त्रणका लागि देवघाट क्षेत्र विकास समितिसँग समन्वय गर्दै अघि बढ्ने बताउनुभयो । भरतपुरको वडा नं १ देवघाट, पोखरा बसपार्क र रामनगरमा आज घरदैलो कार्यक्रम सम्पन्न भएको छ । रासस

ट्याग -  घरदैलो अभियान

SUGGESTED ARTICLES

img
लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै नेता पौडेलले काङ्ग्रेस कमजोर भए प्राप्त उपलब्धि र लोकतन्त्र खतरामा पर्ने विचार व्यक्त गर्नुभयो ।


by RSS | Today, 03:09 PM

img