mobile

खच्चर व्यवसाय ओझेलमा

By RSS on Nov 14,2017 - 14:03

जिल्लामा ढुवानीको प्रमुख साधनका रुपमा लिइएको खच्चर व्यवसाय पछिल्लो समयमा ओझेलमा पर्दै गएको छ ।रास्कोट क्षेत्र र पचालझरना गाउँपालिकासम्म यातायातको सुविधा भएपछि खच्चर व्यवसाय ओझेलमा परेको हो । कुनै समयमा स्थानीयले आफैँ बोक्ने भारी पछिल्लो समयमा खच्चरमा ढुवानी गर्न थालिएको थियो । खच्चर किन्नका लागि एक समयमा प्रतिस्पर्धा नै चल्थ्यो । तर अहिले खच्चर बिक्री गर्न प्रतिस्पर्धा हुने गरेको छ । 

खच्चर व्यवसायी यातायातका साधनप्रति आकर्षित हुन थालेका छन् । खच्चर व्यवसाय गर्दै आएका रास्कोट नगरपालिकाका सन्तोष रोकायले ट्रक खरिद गर्नुभएको छ । उहाँले गाडी पुग्न नसक्ने क्षेत्रमा भने पाँचवटा खच्चर कायमै राख्नुभएको छ । 

रास्कोट नगरपालिकाको शान्तिघाटदेखि स्युनाको सेराचौरसम्म १७ किलोमिटर सडकमा अहिले साना यातायातका साधन तथा ढुवानीका साधन सञ्चालनमा आएका छन् । स्थानीय दानबहादुर भण्डारी आफूहरुले कैलालीको चिसापानीबाट भारी बोकेको भए पनि खच्चरले सुविधा गराएको स्मरण गर्दै अहिले घरआँगनमा यातायातका साधन गुड्न थालेपछि सहज भएको बताउनुहुन्छ । 

रास्कोट नगरपालिकाको शान्तिघाटमा होटल व्यवसाय गर्दै आएका भण्डारी जस्तै अधिकांश व्यापारीलाई अहिले सहज भएको छ । “खच्चरमा खुद्रा सामान ल्याउँदा बिग्रिने गरेको थियो,” उहाँले भन्नुभयो । अहिले भाडा महँगो परे पनि सामान भनेको समयमा र सुरक्षित पुग्ने गरेको छ । 

यस्तै, पचालझरना गाउँपालिका–१ का वसन्त ऐडीले खच्चर बिक्री गरेर गाडी किन्ने तयारी गरिरहनुभएको छ । उहाँ चालकको तालीम लिनका लागि नेपालगञ्ज झर्नुभएको छ । उहाँले आफैँ सवारीचालक अनुमतिपत्र लिएर गाडी चलाउने तयारी गरिरहनुभएको छ । 

जिल्लामा रहेका खच्चर व्यवसायी अहिले मुगु, बाजुरा, हुम्लालगायत जिल्लामा आफ्नो व्यवसाय गरिरहेको स्थानीय खच्चर व्यवसायी कमल शाहीले बताउनुभयो । जिल्लामा अहिले खच्चरको संख्या तेब्बर घटेको छ । लामो समयदेखि खच्चर व्यवसाय गर्दै आउनुभएका खाँडाचक्र नगरपालिकाको बदालकोटका देवेन्द्र शाही खच्चर व्यवसायीले बाटोको लागि कठिनाइ हुँदा आफैँ रकम उठाएर बाटो बनाएर सामान ढुवानी गर्ने गरेको बताउनुभयो । रासस

ट्याग -  खच्चर व्यवसाय

SUGGESTED ARTICLES

img
सञ्चारकर्मी राराहाङको शब्दसङ्ग्रह सार्वजनिक

सञ्चारकर्मी रीता राराहाङ राईले एक दशक लगाएर तयार पार्नुभएको ‘बान्तवा राई शब्दसङ्ग्रह’ यहाँ सार्वजनिक गरिएको छ । बोलीचालीका क्रममा प्रयोग हुने शब्दलाई सङ्ग्रह गरेर लेखिएको १११ पृष्ठको उक्त पुस्तकमा ३०० शब्द छन् । विगत १५ वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत इलामको माइमझुवाकी स्थायी बासिन्दा उहाँ हाल कान्तिपुर रेडियोमा वान्तवा भाषाकी समाचार बाचिका हुनुहुन्छ भने इन्डिजिनियस टेलिभिजनमा


by RSS | Dec 16

img