mobile

रु दुई अर्ब लगानीमा रिउमा तटबन्ध

By RSS on Nov 14,2017 - 14:12

वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज र बस्ती जोडिएका ठाउँमा अत्याधुनिक मेसजाली लगाएर जनता र निकुञ्जबीच रहेको द्वन्द्व घटाइने बताउनुभएको छ । 

माडीको ब्रह्मपुरीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले अब जनता निकुञ्जका जनावरबाट आजित हुन नपर्ने बताउनुभयो । 

“माडीलाई सुन्दर पर्यटकीय नगरी र रिउ खोलामा बृहत् तटबन्धन गरेर पर्यटन मार्ग बनाइने छ”, उहाँले भन्नुभयो । 
उहाँका अनुसार रु दुई अर्बको लगानीमा रिउ खोलामा तटबन्धन गर्ने तयारी भइरहेको छ । 

चुनावको बेला मात्रै आउने उम्मेदवारलाई विश्वास नगर्न लोकतान्त्रिक गठबन्धनबाट चितवन–३ मा प्रतिनिधिसभा उम्मेदवार पाण्डेले आग्रह थियो । मन्त्री पाण्डेले भन्नुभयो, “जनताबाटै लुटेको रकम बाँड्नसक्छन्, पैसा लिनुहोस् तर भोट दिँदा विवेक पुर्याउनुहोस् । ” रासस

ट्याग -  रिउ खोलामा बृहत् तटबन्धन

SUGGESTED ARTICLES

img
नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा शुरु

‘नेपालगञ्ज नेपालको पर्यटकीय द्वार : शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र व्यापार विकासको मूल आधार’ भन्ने नाराका साथ नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा आजदेखि शुरु भएको छ । नगरसभामा उपमहानगर प्रमुख डा धवलशम्शेर राणाले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले आव २०७५/७६ को प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख डा


by RSS | Jun 24

img