mobile

एसीसी यू–१९ एसिया कप : नेपालद्वारा मलेसिया आठ विकेटले पराजित

By RSS on Nov 14,2017 - 14:19

मलेसियामा जारी एसिसी यू–१९ युथ एसिया कपअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । 

क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो । छयालीस रनको विजय लक्ष्य नेपालले ५.३ ओभरमा दुई विकेट गुमाउँदै पुरा गर्यो । 

नेपालका लागि अनिलकुमार साहले २६ रन बनाए । उनले १५ बल खेल्दै तीन छक्का र एक चौका प्रहार गरे । कप्तान दिपेन्द्रसिंह ऐरीले तीन बल खेल्दै दुई छक्का प्रहार गरी १२ रन बनाए । आशिफ शेखले चार तथा भीम सार्कीले अविजित तीन रन बनाए । 

बलिङतर्फ मलेसियाका विजय उन्नीले दुई विकेट लिए । 
यसअघि वर्षाका कारण निर्धारित ५० ओभरको खेललाई २४ ओभरमा घटाइएको थियो । मलेसियालाई न्यून स्कोरमा सिमित गर्ने क्रममा नेपालका सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र शहाब आलमले दुई/दुई तथा अनिल शाहले एक विकेट लिए । 

मलेसियाका लागि यइद अजिज मुबारकले २० रन तथा कप्तान विरनदीप सिंहले १० रन बनाए । रासस

ट्याग -  नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।

SUGGESTED ARTICLES

img
शहीद स्मारक ए डिभिजन फुटबल–पुलिसद्वारा फेन्डस पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पुलिसले फ्रेन्डसलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पुलिसका लागि पहिलो गोल अभिषेक रिजालले गरे ।


by RSS | Dec 14

img