mobile

हँसिया प्रहार गरी श्रीमतीको हत्या

By RSS on Nov 14,2017 - 15:03

सप्तरीको बोदेवरसाइन नगरपालिकामा आज अपराह्न एक व्यक्तिले आफ्नी श्रीमतीलाई हँसिया प्रहार गरी हत्या गरेको आरोप लगाइएको छ । 
बोदेवरसाइन नगरपालिका– ३ निवासी जयप्रकाश यादवले अन्दाजी ३८ वर्षीया श्रीमती ललितादेवीको हँसिया प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनका इञ्चार्ज प्रहरी नायब निरीक्षक उमाशंकर सिंहले जानकारी दिनुभयो । 

आज बिहान श्रीमान् श्रीमती दुवैजना घरदेखि पर धान खेतमा धान काट्न गएका बेला श्रीमान्ले श्रीमतीलाई हँसिया प्रहार गरेको बताइएको छ । अभियुक्त जयप्रकाशको मानसिक सन्तुलन कहिलेकाहीँ ठीक नहुने गरेको स्थानीयवासीको भनाइ छ । 

शवको टाउको र जीउ छुट्टिएको अवस्थामा प्रहरीले फेला परेको स्थानीयवासीले बताएका छन् । अभियुक्त जयप्रकाशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुका दुई छोरा र एक छोरी छन् । रासस

ट्याग -  हत्या

SUGGESTED ARTICLES

img
पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५४१ घर अन्धकारमा

लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले हाइड्रोपावरको कुलो बगाउँदा खोटाङ पाथेकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको पहिरोले बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् । साविकको पाथेका गाविसस्थित सबै वडामा विस्तार गरिएको ६० किलोवाट क्षमताको विद्युत्का लागि निर्माण


by RSS | Today, 03:18 PM

img