mobile

गोप्य मतदानको अधिकार सुनिश्चित दृष्टिविहीनको माग

By RSS on Nov 14,2017 - 15:44

शारीरिक रुपमा दृष्टीविहीन भएका नागरिकहरुले गोप्य मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगसँग माग गरेका छन् । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ का लागि आज धुलिखेलमा भएको अन्तक्र्रियामा दृष्टिविहीनले शारीरिक रुपमा अपांग भएका मतदाताहरु शिक्षाको अवसरबाट वञ्चित भएको गुनासो गरे । 

कार्यक्रममा नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलले मतदान गर्ने क्रममा सहयोगी नभई मतदान नहुने भएकाले गोप्य मतदानको अधिकार दृष्टीविहीनलाई नभएको बताउँदै ७० प्रतिशत दृष्टीविहीन शिक्षण पेशामा भएकाले मतदान प्रक्रियाका बारेमा जानकारी दिन सजिलो हुने छ भन्नुभयो । 

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनको दवावका कारण आसन्न निर्वाचनमा प्रविधिमा फड्को मार्न नसकिएको जानकारी दिँदै अबका निर्वाचनमा प्रविधिको प्रयोग क्रमशः हुँदै जाने विश्वास दिलाउनुभयो । 

काभ्रेपलाञ्चोकका प्रजिअ शिवप्रसाद सिंखडा, युएनडिपी (इएसपी) का कुन्दनदास श्रेष्ठ, आयोगका सहसचिव दीपक सुवेदीलगायतले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकले नयाँ बाटो समात्ने भएकाले यसलाई सफल बनाउने राष्ट्रिय दायित्व सबैमा भएको बताउनुभयो । रासस

ट्याग -  निर्वाचन

SUGGESTED ARTICLES

img
सञ्चारकर्मी राराहाङको शब्दसङ्ग्रह सार्वजनिक

सञ्चारकर्मी रीता राराहाङ राईले एक दशक लगाएर तयार पार्नुभएको ‘बान्तवा राई शब्दसङ्ग्रह’ यहाँ सार्वजनिक गरिएको छ । बोलीचालीका क्रममा प्रयोग हुने शब्दलाई सङ्ग्रह गरेर लेखिएको १११ पृष्ठको उक्त पुस्तकमा ३०० शब्द छन् । विगत १५ वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत इलामको माइमझुवाकी स्थायी बासिन्दा उहाँ हाल कान्तिपुर रेडियोमा वान्तवा भाषाकी समाचार बाचिका हुनुहुन्छ भने इन्डिजिनियस टेलिभिजनमा


by RSS | Dec 16

img