mobile

‘आँखाभरि आँसु’ भिडियो सार्वजनिक

By RSS on Nov 15,2017 - 12:14

लोक तथा दोहोरी गायक राजन ठकुरीको ‘आँखाभरि आँसु’ बोलको आधुनिक गीतको भिडियो हालै सार्वजनिक भएको छ । सो गीतमा नेपाली लोक दोहोरीको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल चर्चित सर्जक, संगीतकार तथा गायक ठकुरीको संगीत रहेको छ भने शब्द संकलक युनिषा हमाल ठकुरीको शब्द रहेको छ । यसमा चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको छ । 

माया प्रेमलाई विषय वस्तु बनाइएको सो आधुनिक गीतलाई समेत सबै स्रोताले उत्तिकै माया गरिदिने गायक ठकुरीको विश्वास रहेको छ । भिडियोलाई निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गर्नुभएको छ । गीतमा युनिषा हमाल र युगराज पाण्डेको अभिनय रहेको छ । रासस

ट्याग -  राजन ठकुरीको ‘आँखाभरि आँसु’

SUGGESTED ARTICLES

img
राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिता हुँदै

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा भाग लिन चाहने कक्षा ८ सम्मका विद्यार्थीले अन्तरिक्षको भाव झल्कने चित्र बनाई सोसाइटीको वेबसाइटमा राखिएको आवेदन फाराम भरेर पठाउनुपर्ने छ । चित्र यही असोज १ गतेदेखि १५ सम्म सोसाइटीको वेबसाइटमा पठाइसक्नुपर्ने अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । विद्यार्थीले पठाएका चित्रमध्ये निर्णायकबाट २० वटा छनोट


by RSS | Sep 19

img