mobile

चाउचाउ बिक्रीबाट मासिक दुई लाख आम्दानी

By RSS on Nov 21,2017 - 14:21

रामपुरका रुद्रनारायण श्रेष्ठले चाउचाउ उद्योगबाट अहिले मनग्य आम्दानी गर्दै आउनुभएको छ । एक दशक अगाडिदेखि रामपुरमा कालिका सिन्के चाउचाउ उद्योग शुरु गर्नुभएका श्रेष्ठले चाउचाउ बिक्रीबाट मासिक रु दुई लाख ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । 

समाजमा सफल र प्रतिष्ठित उद्योगीका रुपमा उहाँ चिनिनुहुन्छ । रामपुरको बजार बढ्दै गएपछि अहिले सोचेभन्दा राम्रो व्यापार हुन थालेको उहाँको भनाइ छ । यहाँ उत्पादित चाउचाउ पाल्पा, स्याङ्जा र तनहुँका स्थानीय बजारमा खपत हुँदै आएको छ । उहाँले व्यवसाय बढाउँदै जाँदा अहिले यस क्षेत्रमा बाहिरबाट चाउचाउ भित्रने क्रममा कमी आएको छ । 

“दैनिक पाँच क्विन्टलसम्म चाउचाउ बिक्री हुन्छ,” उहाँले भन्नुभयो । चाउचाउ उद्योगमा अहिले १० जनाले रोजगारीसमेत पाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “विदेशको मरुभूमिमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर आफ्नो पेशा व्यवसायमा निरन्तररुपमा लागे महिनामा लाखौँ रुपैयाँ कमाउन सकिन्छ ।” उहाँ सामाजिक कार्यमा समेत निकै सक्रिय हुनुहुन्छ । 

शहरीकरणतर्फ उन्मुख हुँदै गरेको रामपुर बजारमा आफ्नो उत्पादन पुर्याउन उहाँलाई हम्मेहम्मे परेको छ । उद्योगी श्रेष्ठले जस्तै विदेश जान लागेका युवाले उद्यम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ । रासस

ट्याग -  चाउचाउ

SUGGESTED ARTICLES

img
खतराको सूचीबाट हट्यो नेपालको वायु सेवा

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको खतराको सूचीबाट नेपालको वायु सेवाको नाम हटेको छ । सास्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको वायु सेवालाई अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन् ।


by Anu Rana | Today, 02:22 PM

img