mobile

सम्झौता रद्द गर्ने सरकारको निर्णयबाट आश्चर्यचकित - गेजुवा

By R. sharma on Nov 29,2017 - 09:36

बूढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता रद्द गर्ने सरकारको निर्णयबाट आश्चर्यचकित भएको भन्दै चिनियाँ कम्पनी गेजुवाले आपत्ति जनाएको छ ।

कम्पनीले उर्जा मन्त्रालयलाई लेखेको पत्र लेख्दै यस्तो प्रतिक्रिया दिएको हो  जसको  बोधार्थ प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि दिएको छ। कांग्रेस र माओवादी सरकार रहेको समयमा प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई बूढीगण्डकीको निर्माण ठेक्कका दिइएको थियो। प्रक्रिया र नियमसंगत नभएको भन्दै विरोध भए पनि त्यतिबेला सरकारमा रहेको कांग्रेस पनि चुप बसेको थियो। अहिले निर्वाचनमा व्यस्त रहेका बेला सरकारले ३० दिनको म्यादसमेत नदिई पुरानो निर्णय हचुवा भन्दै रद्द गरेकोमा कम्पनीले आपत्ति जनाउँदै नियमसंगत ढंगले अघि बढ्न पत्राचार गरेको कान्तिपुर दैनिकमा खबर छ ।

लामो र चरणगत प्रक्रियापछि आफूहरूले ठेक्का पाएको भन्दै सरकारले कानुनी प्रक्रिया नपुर्याई ठेक्का रद्द गरेको गेजुवाको भनाइ छ। सम्झौता भएअनुसार ५० भन्दा बढी विज्ञहरू तोकिसकेको, अध्ययनहरू अरम्भ गरेको र त्यसमा धेरै लगानीसमेत भइसकेको विषयसमेत कम्पनीले पत्रमा उल्लेख गरेको छ। ‘हामी आर्थिक पक्षमा पनि कुराकानी गरिरहेका थियौं। यस्तो अवस्थामा सोच्दै नसोचेको निर्णय सरकारले गरेको छ’, पत्रमा भनिएको छ’, नेपालको हितमा रहेको र त्यो परियोजनालाई चीनले आफ्नो बृहत् परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ्स’मा राखिसकेको छ।’

ट्याग -  गेजुवा

SUGGESTED ARTICLES

img
एउटै गाउँबाट वार्षिक एक करोडको दूध बिक्री

आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन् । 


by RSS | Dec 12

img