mobile

एमाले जिल्ला अध्यक्ष मण्डलको निधन

By RSS on Nov 29,2017 - 12:14

नेकपा(एमाले) महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको गए राति निधन भएको छ । एमाले महोत्तरीका अनुसार मण्डलको गए राति ८ बजेतिर भारत बिहारको पटनास्थित इन्दिरा गान्धी मेमोरियल अस्पतालमा निधन भएको हो ।

एकडारा गाउँपालिका –३ निवासी ५० वर्षीय मण्डललाई चुनावी अभियानमा घुमिरहेका बेला १५ दिनदेखि बिरामी भई एक साता पहिले उपचारका लागि पटना लगिएकामा उपचारकै क्रममा निधन भएको पार्टीका जिल्ला सदस्य जीतेन्द्र पासवानले बताउनुभयो । उहाँ मिर्गाैला र कलेजोको रोगबाट पनि ग्रस्त हुुनुुहुन्थ्यो । 

मण्डल २०५४ सालको स्थानीय चुनावमा तत्कालीन भटौलिया गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ दुई कार्यकाल एमाले जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । मण्डलका श्रीमती तथा दुई दुई छोरा र छोरी छन् ।

ट्याग -  निधन

SUGGESTED ARTICLES

img
एसइईको नतिजा एक साताभित्र

माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको जानकारी दिनुभयो ।


by RSS | Jun 18

img