mobile

विकासका लागि बाम गठवन्धनको सरकार आवश्यक – प्रचण्ड

By R. sharma on Dec 02,2017 - 22:12

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम विकासका लागि बाम गठबन्धनको सरकार आवश्यक रहेको बताउनु भएको छ ।

अहिलेसम्म राजनीतिक अस्थिरताका कारण विकासका कामले फड्को मार्न नसकेको भन्दै उहाँले अबको सरकार बलियो सरकार हुने र विकासको कामले गति लिने बताउनुभयो ।

उद्योग वाणिज्य संघ चितवनले यहाँ आज आयोजना गरेको समग्र चितवनको ‘आर्थिक विकासका लागि सम्भावना र अवसर’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले चितवन भौगोलिक हिसाब र पर्यटकीय हिसाबले सम्भावना बोकेको जिल्ला भएकाले यसको विकासका लागि निजी र सार्वजनिक साझेदारी अघि बढाउँदै विकास गर्ने बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “जिल्लाको विकासका लागि ठूलो आकांक्षा बोकेर आएको छु सबै मिलेर मूर्तरुप दिनुपर्नेछ ।” अबको सरकारले उद्योग व्यवसायमैत्री उद्योग नीति ल्याएर देशको विकासमा औद्योगिक क्षेत्रको महत्वपूर्ण भूमिका दिने विश्वास व्यक्त गर्नुभयो ।

 

देशको समृद्धि र विकासका लागि चितवनबाट सुरुआत गर्ने बताउँदै उहाँले समृद्ध राष्ट्रको विकल्प नभएको बताउनुभयो ।

 

संविधान कार्यान्वयनको अन्तिम चरणमा रहेको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, “देशको विकासका लागि अब हामी समाजवादको नयाँ मोडलबाट जानुको विकल्प छैन ।” उहाँले राजनीतिक अस्थिरताको अन्त्यका लागि अहिलेको गठबन्धन महत्वपूर्ण रहेको बताउनुभयो ।

 

निर्वाचनको समयमा विचार, आस्थाका कारण भिन्नभिन्न भएको भन्दै अध्यक्ष दाहालले राष्ट्रिय मुद्दामा सबै शक्तिसँग छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

 

अहिलेको समय भनेको विकास र समृद्धिबाट देशलाई अघि बढाउने समय रहेको बताउँदै उहाँले त्यसको सुरुआत चितवनबाट गर्ने बताउनुभयो ।

ट्याग -  प्रचण्ड

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img