mobile

काँग्रेस उम्मेदवार पौडेलद्वारा ड्रोनको प्रयोग गरी चुनावी प्रचार

By RSS on Dec 04,2017 - 18:08

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं १ का प्रदेश सभा १ का उम्मेदवार प्रदीप पौडेलले ड्रोनको प्रयोग गरीे चुनावी प्रचारमा जुटेका छन् । 

तनहुँको सिसाघाटमा आइतबार आयोजित चुनावी कोण सभामा ड्रोनको प्रयोग गरी काँग्रेसको प्रचार गरिएको थियो । सो चुनावी सभामा ड्रोनबाट पुष्पवृष्टि गरिएको हो । काँग्रेसले चुनावमा मतदातालाई आकर्षण गर्न पनि नयाँ नयाँ प्रविधिद्वारा प्रयोग गरेको उहाँले बताउनुभयो । ड्रोनमा पोस्टर, पम्प्लेट र ब्यानर राखेर रिमोट कन्ट्रोलको सहायताले मानिस जान नसक्ने ठाउँमा सजिलैसँग पु¥याएर प्रचारप्रसार गर्ने गरिएको छ । फ्रेममा राखी पोस्टर, पम्प्लेट फ्लाइड कन्ट्रोल र रिसिभर एण्ड ट्रान्समिटरको प्रयोग गरी ड्रोनलाई जमिनदेखि २०० फिट माथि उडाएर प्रचार प्रसार गरिँदै आएको छ । 

सिनर्जी अटो मेसन एण्ड इन्स्टुमेनटेशन कम्पनीमा आबद्ध शैलेश सुवेदी, प्रमोदसिंह मन्याल, निरज खड्का, कुन्दन खड्का, इमेश सापकोटा र नवीन पौडेलले दुई हप्ता लगाएर ड्रोनको आविष्कार गरेका छन् । रु एक लाखभन्दा बढी खर्च गरी ड्रोन निर्माण गरिएको कम्पनीका शैलेश सुवेदीले बताउनुभयो । ड्रोनको प्रयोग गरी नयाँ शैलीको चुनावी प्रचार देखिएपछि व्यास नपा–६ सिसाघाटका देवराज ढुंगाना दंग परे । आकाशमा उडेर ड्रोनले काँग्रेसको झण्डा फहराई प्रचार गरेको देख्दा लोकराम छिमाल पनि हेरेको हेरै भए । आफूहरुको पालामा चुनाव हुँदा लेप्चे लगाएका आधुनिकतासँगै चुनावी प्रचारको तरिका फेरिएपछि स्थानीय बासिन्द आश्चर्य चकित भएका छन् । 
––– 

ट्याग -  कांग्रेस

SUGGESTED ARTICLES

img
म्याग्दीकी पुन धौलागिरिमा निर्वाचित एक्ली महिला सांसद

हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीकी नरदेवी पुन धौलागिरि क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने एक्ली महिला सांसद बन्नुभएको छ । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा विजयी हुनुभएकी एमालेकी नेता पुन धौलागिरि क्षेत्रमा पर्ने म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतबाट पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ निर्वाचित एक्ली सांसद बन्नुभएको हो । 


by RSS | Today, 12:24 PM

img