mobile

तानाशाही प्रवृत्तिले लोकतन्त्र खतरामा : पौडेल

By RSS on Dec 04,2017 - 18:55

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तानाशाही प्रवृत्तिले लोकतन्त्र माथि खतरा कायमै रहेको बताउनुभएको छ । 

नेपाली काँग्रेस प्रचारप्रसार समितिद्वारा आज दमौलीमा आयोजित चुनावी सभामा उहाँले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि केही तानाशाही प्रवृत्तिले लोकतन्त्र नै खतरामा रहेको बताउनुभएको हो । 

“गाउँबाट विचलित भएका मनलाई गाउँमै बसौँ बसाँै बनाउने आफ्नो योजनाअनुरुप आधा काम पूरा भइसकेको र बाँकी काम पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ”– उहाँले भन्नुभयो । 

जिल्लाको सबै गाउँगाउँमा बिजुली, मोटबाटो पुगिसकेको बताउँदै नेता पौडेलले गाउँमै आम्दानी र रोजगारी पु¥याउन आफू लागिपरेको उद्घोष गर्नुभयो । 

काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले देशभरि काँग्रेसको लहर आएकाले जित सुनिश्चित रहेको बताउनुभयो । 

पूर्वअर्थमन्त्री डा रामशरण महतले लोकतान्त्रिक पद्धति र आर्थिक समृद्धि गर्ने नेतृत्वको काँग्रेस हो भन्नुभयो 
।ब 
उद्योगपति एवं नेकाँ समानुपातिक उम्मेदवार विनोद चौधरीले विदेशमा रहेका ४० लाख नेपालीलाई स्वदेशमै रोजगारीको सिर्जना गर्न लोकतान्त्रिक सरकार आवश्यक रहेकाले काँग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । 

तनहुँ क्षेत्र नं २ को (क) का प्रदेशसभा उम्मेदवार प्रदीप पौडेलले अस्थिर राजनीति समाल्न र नेतृत्व लिन सक्षम नेतृत्व रामचन्द्र पौडेल रहेकाले तनहुँ जिल्लाको मात्रै नभई देशकै नेतृत्व गर्ने अवसरबाट चुकाउन नहुनेमा जोड दिनुभयो । 

प्रचारप्रसार समिति तनहुँका संयोजक अमरराज कैनीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा क्षेत्र नं २ को (ख) प्रदेशसभाका उम्मेदवार धु्रव वाग्ले क्षेत्र नं २ को प्रतिनिधिसभाका उम्मेदवार शंकर भण्डारी लगायतले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । 
––– 

ट्याग -  Kangres

SUGGESTED ARTICLES

img
नेपाल–चीन सम्बन्ध विस्तार र सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित   

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् ।


by Anu Rana | Sep 20

img