mobile

उपभोग्य वस्तुको मूल्य घटाइयो

By RSS on Dec 06,2017 - 12:36

सिधा यातायात सञ्चालन भएसँगै उद्योग वाणिज्य संघ खोटाङले जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटाएको छ । 

खोटाङ र ओखलढुंगाको सिमानामा रहेको दूधकोशी नदीमा पक्की पुल बनेलगत्तै सिधा यातायात जोडिएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटाएको हो । 

निर्माण कार्य थालिएको नौ वषपछि जयरामघाटस्थित दूधकोशीमा पक्की पुल बनेपछि जिल्लामा खाना पकाउने ग्यास, चामल, दाल, चिउरा, चिनी, नुन, तेल, दाल, मसला, साबुनलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य घटाइएको उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । पुल सञ्चालनमा आएपछि २४ थरिका दैनिक उपभोग्य वस्तुको मूल्य प्रतिकिलो रु पाँचदेखि रु १० सम्म घटाइएको छ । 

मूल्य घटाइएसँगै जिल्लामा रु एक हजार ७५० मा खरिद बिक्री हुँदै आएको खाना पकाउने एलपी ग्यास अहिले रु एक हजार ५०० मा पाइने भएको छ । सिधा यातायात शुरु भएसँगै जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटाइएपछि उपभोक्तालाई सहज भएको छ । 

संघले उल्लेखित उपभोग्य दैनिक वस्तुलाई सोभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्न जिल्लाका व्यवसायीलाई सचेत गराएको छ । ठेकेदार कम्पनीको लापर्बाहीले सो पुल निर्माणमा ढिलाइ हुँदा छ वर्षसम्म दूधकोशीमा अस्थायी बेलिब्रिज राख्ने गरिएको थियो । बाढीले बगाएपछि विकल्पमा अस्थायी बेलिब्रिज राख्न थालिएको थियो । रासस

ट्याग -  उपभोग्य वस्तुको मूल्य घटाएको छ

SUGGESTED ARTICLES

img
सञ्चारकर्मी राराहाङको शब्दसङ्ग्रह सार्वजनिक

सञ्चारकर्मी रीता राराहाङ राईले एक दशक लगाएर तयार पार्नुभएको ‘बान्तवा राई शब्दसङ्ग्रह’ यहाँ सार्वजनिक गरिएको छ । बोलीचालीका क्रममा प्रयोग हुने शब्दलाई सङ्ग्रह गरेर लेखिएको १११ पृष्ठको उक्त पुस्तकमा ३०० शब्द छन् । विगत १५ वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत इलामको माइमझुवाकी स्थायी बासिन्दा उहाँ हाल कान्तिपुर रेडियोमा वान्तवा भाषाकी समाचार बाचिका हुनुहुन्छ भने इन्डिजिनियस टेलिभिजनमा


by RSS | Dec 16

img