mobile

कनकाई नदीमा अस्थायी बाँसे पुल

By RSS on Dec 06,2017 - 13:15

झापाको शिवसतासी–७, चन्द्रडाँगी–लालपानीको बीचमा रहेको कनकाई नदीमा बाँसको अस्थायी पुल निर्माण गरिएको छ ।

चन्द्रडाँगीस्थित वडा कार्यालय र बजारमा आवतजावतमा सहज बनाउन स्थानीयवासी र वडा कार्यालयको संयुक्त पहलमा बाँसे पुल निर्माण गरिएको हो । करिब रु ५० हजारको लागतमा निर्माण गरिएको अस्थायी बाँसे पुलको लम्बाइ ५० मिटरभन्दा बढी रहेको छ । 

नदीमा अस्थायी पुल निर्माण भएपछि त्यस क्षेत्रमा आवतजावत गर्न सहज भएको वडाध्यक्ष नवीन इजमले बताउनुभयो । 

“यो पुल अस्थायी हो, वर्षात्मा सुरुङ्गा–दूधे मार्गहुँदै धाउनुपर्ने बाध्यता छँदैछ,” वडाध्यक्ष इजमले भन्नुभयो– “हिउँदको समयमा नदीमा पानी कम हुने भएकाले यस्तो अस्थायी पुल निर्माण गर्नुपरेको हो ।” सो पुलको आज वडाध्यक्ष इजमले आजै उद्घाटन गर्नुभएको हो । रासस

ट्याग -  कनकाई नदीमा बाँसको अस्थायी पुल

SUGGESTED ARTICLES

img
सुकुम्वासी बस्तीमा खानेपानी र सरसफाइ कार्यक्रमको प्रभावकारिता

काठमाडौँ र भक्तपुरका विभिन्न छवटा सुकुम्वासी तथा सोवासी बस्तीमा सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ कार्यक्रम निकै प्रभावकारी भएको मिनर्जी नामक संस्थाले दाबी गरेको छ । 


by RSS | Today, 12:33 PM

img