mobile

चार स्थानीय तहमा बैंक शाखा विस्तार

By RSS on Dec 06,2017 - 13:32

जिल्लाका चारवटा स्थानीय तहमा बैंकिङ सेवा विस्तार हुन थालेको छ । जिल्लामा स्थापना भएका स्थानीय तहका केन्द्रमा विभिन्न बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार गर्न थालेका हुन् । स्थानीय तहमार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी र सर्वसाधारणलाई बैंकिङ सुविधाका लागि सदरमुकाम धाउनुपर्ने समस्या हट्ने अपेक्षा गरिएको छ । 

नयाँ संरचनाअनुसार आर्थिक गतिविधि, व्यापार र बजारीकरण हुन थालेपछि बैंक तथा वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्न थालेका हुन् । यसै क्रममा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा गरिमा विकास बैंकको शाखा स्थापना गरिएको छ । 

यसअघि सोही गाउँपालिकाको २ नम्बर वडामा पर्ने भुरुङ तातोपानीबाट सञ्चालन हुँदै आएको शाखा पोखरेबगरमा स्थानान्तरण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताउनुभयो । गरिमाले सदरमुकाम बेनीसँगै मालिका गाउँपालिकाको केन्द्र दरवाङ र मंगलाको केन्द्र बाबियाचौर बजारबाट सेवा प्रवाह गर्दै आएको छ । 

जिल्लाका ६ वटा मध्ये अब चारवटा स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । प्रभु बैंकले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट र धौलागिरि गाउँपालिकाको ताकममा शाखा विस्तारको तयारी गरेको जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले द्वन्द्वकालमा दरवाङ बजारबाट हटाएको शाखा पुनःस्थापनाको तयारी गरेको छ । रासस

ट्याग -  बैंकिङ सेवा विस्तार

SUGGESTED ARTICLES

img
सुकुम्वासी बस्तीमा खानेपानी र सरसफाइ कार्यक्रमको प्रभावकारिता

काठमाडौँ र भक्तपुरका विभिन्न छवटा सुकुम्वासी तथा सोवासी बस्तीमा सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ कार्यक्रम निकै प्रभावकारी भएको मिनर्जी नामक संस्थाले दाबी गरेको छ । 


by RSS | Today, 12:33 PM

img