mobile

पाँच मतदान केन्द्रमा सबै कर्मचारी महिला

By RSS on Dec 06,2017 - 14:06

बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका पाँच मतदान केन्द्रमा सबै महिला कर्मचारी खटिएका छन् । 

निर्वाचन क्षेत्र नं २, ३ र ५ नं निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारी तथा निर्वाचन क्षेत्र नंं २ को बिर्तामोड नगरपालिकामा रहेका दुई मतदान केन्द्रमा सबै कर्मचारी महिला छन् । 

नगरपालिका (क) केन्द्रमा मतदान अधिकृत नमूना निरौला दाहाल र (ख) केन्द्रमा सुनिता आचार्यसहितका महिला कर्मचारीले मतदान गराउँदैछन् । त्यस्तै निर्वाचन क्षेत्र नं ३ मा रहेको मेची रंगशालाको (क) र (ख) केन्द्रमा पनि महिला कर्मचारीले मतदान गराउँदैछन् । (क) केन्द्रमा मतदान अधिकृत गीताकुमार राई र (ख) केन्द्रमा अम्बिका श्रेष्ठ मतदान अधिकृत तोकिएको प्रमुख निर्वाचन अधिकृत खिलाराज रेग्मीले जानकारी दिनुभयो । 

क्षेत्र नं ५ को दमक नगरपालिका केन्द्रमा भने जमुना कार्कीको टोलीले मतदान गराउँदैछ । झापामा पाँच हजार ५३६ कर्मचारी र दुई हजार ६४ स्वयंसेवक गरी सात हजार ६०० कर्मचारी निर्वाचनका लागि खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

ट्याग -  पाँच मतदान केन्द्रमा सबै महिला कर्मचारी

SUGGESTED ARTICLES

img
फुजेल घटनाका जाहेरवाला झिकाउन आदेश

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन आज जिल्ला अदालत चितवनले आदेश जारी गरेको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिनुभएको हो । जाहेरवाला नुरप्रसाद कृष्णप्रसादका दाजु हुनुहुन्छ । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार जाहेरवाला नुरप्रसादलाई अदालतले म्याद जारी गर्ने छ ।


by RSS | Feb 25

img