mobile

मन्त्री थापाद्वारा मतदान

By RSS on Dec 07,2017 - 11:48

 
 कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं कास्की क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञबहादुर थापाले पोखरा लेखनाथ महानगरपालिका–२६ भवानी कालिका मावि मतदान केन्द्रमा आज मतदान गर्नुभएको छ ।
 
मतदानका लागि बिहान ७ः३० बजे मन्त्री थापा मतदान केन्द्र पुग्नुभएको थियो । मतदानपश्चात् सञ्चारकर्मीसँग बोल्दै मन्त्री थापाले संविधानको कार्यान्वयनका लागि यो निर्वाचन महत्वपूर्ण भएको बताउँदै समृद्धि र विकास अबको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
 
आजको निर्वाचनमा कास्की ३१७ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य शुरु भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार जिल्लामा निर्वाचन सम्पन्न गराउन सुरक्षाकर्मीबाहेक दुई हजार ५३३ जना कर्मचारी खटाइएको छ भने स्वयंसेवकसहित कर्मचारीको संख्या तीन हजार ८३२ जना रहेको छ ।
 
“बिहान ७ बजेदेखि नै सबै केन्द्रमा मतदाता लामबद्ध भएर मतदान गरेका छन्,” – उहाँले भन्नुभयो । तीनवटा निर्वाचन क्षेत्र भएको कास्की जिल्लामा कुल दुई लाख ५५ हजार ४५२ मतदाता आजको मतदानमा सहभागी बन्दै छन् ।
 
कास्की क्षेत्र नं १ मा रुपा गाउँपालिका र मादी गाउँपालिकासहित पोखरा लेखनाथ महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ नं वडाका ९६ हजार ८४ जना मतदाता छन् ।
 
क्षेत्र नं २ अन्तर्गत पोखरा लेखनाथ महानगरपालिकाका वडा नं ४, ७, ८, ९, ११, १५, १६, १७, २१, २० र ३३ नं वडाका ७० हजार ६५१ मतदाता छन् ।
 
त्यस्तै कास्की क्षेत्र नं ३ मा अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिका साथै पोखरा लेखनाथ महानगरपालिकाअन्तर्गतका १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नं वडाका ८८ हजार ७१७ जना मतदाता छन् ।
 
त्यसैगरी नेकपा (एमाले)का नेता एवं कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले निर्वाचनसँगै देश राजनीतिक स्थिरता र विकासतर्फ उन्मुख बन्ने बताउनुभएको छ ।
 
पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीस्थित शान्ति उदय मावि (ख)मतदान केन्द्रमा आज मतदान गर्दै उहाँले राष्ट्रको अबको आवश्यकता समृद्धि र विकास भएको बताउनुभयो ।
 
“यो निर्वाचन संविधानको कार्यान्वयनसँगै देशलाई समृद्धिको मार्गमा उन्मुख बनाउनका लागि हो,” उहाँले भन्नुभयो, “लामो समयदेखिको गरिबी र पछौटेपनबाट देशलाई मुक्त गराउनु आवश्यक छ ।”
 
प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनका लागि कास्कीमा आज बिहान ७ बजेदेखि मतदान शुरु भएको छ ।
 
जिल्लाका ३१७ वटै मतदान केन्द्रमा मतदान शुरु भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा निर्वाचन सम्पन्न गराउन सुरक्षाकर्मीबाहेक दुई हजार ५३३ जना कर्मचारी खटाइएको छ भने स्वयंसेवकसहित कर्मचारीको संख्या तीन हजार ८३२ जना रहेको छ ।
 
“बिहान ७ बजेदेखि नै सबै केन्द्रमा मतदाता लामबद्ध भएर मतदान गरेका छन्,” – उहाँले भन्नुभयो । तीनवटा निर्वाचन क्षेत्र भएको कास्की जिल्लामा कुल दुई लाख ५५ हजार ४५२ मतदाता आजको मतदानमा सहभागी बन्दै छन् ।
 
कास्की क्षेत्र नं १ मा रुपा गाउँपालिका र मादी गाउँपालिकासहित पोखरा लेखनाथ महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ नं वडाका ९६ हजार ८४ जना मतदाता छन् ।
 
क्षेत्र नं २ अन्तर्गत पोखरा लेखनाथ महानगरपालिकाका वडा नं ४, ७, ८, ९, ११, १५, १६, १७, २१, २० र ३३ नं वडाका ७० हजार ६५१ मतदाता छन् ।
 
त्यस्तै कास्की क्षेत्र नं ३ मा अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिका साथै पोखरा लेखनाथ महानगरपालिकाअन्तर्गतका १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नं वडाका ८८ हजार ७१७ जना मतदाता छन् ।
ट्याग -  मतदान

SUGGESTED ARTICLES

img
स्वास्थ्य मन्त्री उद्घाटन

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई ५, ६ नं र कर्णाली प्रदेशको नागरिकको आवश्यकताका आधारका विस्तार गरिने बताउनुभएको छ । सो अस्पतालले आजदेखि प्रारम्भ गरेको डेक्सा स्क्यान तथा बोन हेल्थ ओस्टेकोप्रोसिस क्लिनिकको उद्घाटन गर्दै उहाँले भेरी अञ्चल अस्पतालको सेवालाई थप प्रविधियुक्त र प्रभावकारी बनाउन मन्त्रालयले प्रक्रिया अघि बढाएको छ भन्नुभयो ।


by RSS | Today, 02:37 PM

img