mobile

दाहाललाई पछि पार्दै पाण्डेको अग्रता

By InHeadline on Dec 08,2017 - 19:38

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ चितवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई पछि पार्दै राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले शुरुवाती अग्रता हासिल गर्नुभएको छ । 

चितवन क्षेत्र नं. ३ मा आज शुरु भएको मतगणनाको प्रारम्भिक नजिताअनुसार एक हजार २३९ मत गणना गर्दा पाण्डेले ६८७ मत प्राप्त गर्नुभएको छ भने दाहालले ४७३ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको छ । 

यसैगरी क्षेत्र नं. २ मा ९४० मत गणना गर्दा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले ५७२ मत र नेपाली कांग्रेसका शेषनाथ अधिकारीले २९२ मत प्राप्त गर्नुभएको छ । 

क्षेत्र नं. १ को मतगणना केहीबेर स्थगित भएर पुनः सुचारु भएको छ । मतदान अधिकृतले सर्वदलीय सहमतिविपरीत आफूखुशी सदर र बदर मत निर्णय गरेको भन्दै प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार राजेन्द्र बुर्लाकोटीसहित प्रतिनिधिहरू मतगणनाबाट बाहिरिनुभएको थियो । बदर भनिएका दुई मत सदर गर्ने सहमतिपछि पुनः मतगणना भएको हो । 
––– 

ट्याग -  प्रचण्ड

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img