mobile

विजयी उम्मेदवारको मतपरिणाम

By RSS on Dec 11,2017 - 16:23

नवलपरासीमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ विभिन्न दलका उम्मेदवार विजयी भएपछि दलहरुले आज विजय र्याली निकालेका छन् । 

विभिन्न शहर बजारदेखि गाउँ/गाउँसम्म विजयी उत्सव मनाएका दलका नेता कार्यकर्ता र समर्थकमा खुसीयाली छाएको छ । नवलपरासी पूर्वको सदरमुकाम कावासोती बजार र नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार यतिबेला दलका विजयी र्यालीले छाएको छ । 

नवलपरासी – (बर्दघाट सुस्ता) पूर्व र नवलपरासी –बर्दघाट सुस्ता पश्चिम गरी नवलपरासीमा प्रतिनिधिसभातर्फ चार र प्रदेशसभातर्फ ८ वटा निर्वाचन क्षेत्र छन् । विजयी उम्मेदवारको मतपरिणाम यस प्रकार छ । 

प्रतिनिधीसभा 

नवलपरासी पूर्व– १ 
काँग्रेस :डा शशांक कोइराला : ४०,६२० (विजयी) 
माओवादी केन्द्र : भविश्वर पराजुली : ३६,५९६ (निकटम प्रतिद्वन्द्वी) 

नवलपरासी पूर्व– २ 
एमाले : तिलक महत : ३९,०५३ (विजयी) 
काँग्रेस : विष्णु कार्की : ३७,७२० (निकटम प्रतिद्वन्द्वी) 

नवलपरासी पश्चिम– १ 
एमाले : हृदयेश त्रिपाठी : ३८,५९२ (विजयी) 
काँग्रेस : देवकरण कलवार : ३३,५९१ (निकटम प्रतिद्वन्द्वी) 

नवलपरासी पश्चिम– २ 
कांग्रेस : देबेन्द्रराज कण्डेलः ३४,१३० (विजयी) 
माओवादी केन्द्र : धनश्याम यादव : २३८९८ (निकटम प्रतिद्वन्द्वी) 

प्रदेशसभा 

नवलपरासी पुर्व– १ (क) 
काँग्रेस : कृष्णचन्द्र नेपाली : १७,६८३ (विजयी) 
माओवादी केन्द्र : सूर्यप्रसाद न्यौपाने १७,३११ (निकटम प्रतिद्वन्द्वी) 

नवलपरासी पुर्व– १ (ख) 
एमाले : रोशन गाहा :२०,७९० (विजयी) 
कांग्रेस : महेन्द्रध्वज जिशी : १९,९४१ (निकटम प्रतिद्वन्द्वी) 

नवलपरासी पूर्व– २ (क) 
काँग्रेस : विष्णु लामिछाने : १९,२२२ (विजयी) 
माओवादी केन्द्र : बालकृष्ण गैरे : १८,१६१ (निकटम प्रतिद्वन्द्वी 

नवलपरासी पुर्व– २ (ख) 
एमाले : जनकलाल श्रेष्ठ : १९,२२२ (विजयी) 
काँग्रेस : गणेशमान श्रेष्ठ : १९,०४७ (निकटम प्रतिद्वन्द्वी 

नवलपरासी पश्चिम–१ (क) 
एमाले : दीपेन्द्रकुमार अधिकारी : २०,५०६ (विजयी) 
काँग्रेस : विक्रम खनाल : १८५०२ (निकटम प्रतिद्वन्द्वी ) 

नवलपरासी पश्चिम–१ (ख) 
एमाले : अजय शाही : १९३३३ (विजयी) 
काँग्रेस : मुकुल आचार्य : १२,६०३ (निकटम प्रतिद्वन्द्वी ) 

नवलपरासी पश्चिम– २ (क) 
एमाले : वैजनाथ चौधरी : २०,९०७ (विजयी) 
काँग्रेस : गुणनिधि तिवारी : १७,११६ (निकटम प्रतिद्वन्द्वी) 

नवलपरासी पश्चिम–२ (क) 
काँग्रेस : वैजनाथ कलवार : १४,५१५ (विजयी) 
राजपा : नगेन्द्र अग्रहरी : १०,४३६ (निकटम प्रतिद्वन्द्वी) रासस

ट्याग -  मतपरिणाम

SUGGESTED ARTICLES

img
बास्तोलाको निधनप्रति दुःख व्यक्त

पूर्वसांसद मञ्च नेपालले नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रजातन्त्र पुनःस्थापनाका अथक योद्धा स्व बास्तोलाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मञ्चले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । संस्थाका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गर्नुभएको समवेदना सन्देशमा यस दुःखद् घडीमा मञ्च उहाँप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दछ भनिएको छ । 


by RSS | Oct 15

img