mobile

सम्पदा पुनःनिर्माणका लागि २१ हजार क्युफिट काठ माग

By RSS on Dec 11,2017 - 17:04

सम्पदा पुनःनिर्माणका लागि ‘द’ टिम्बर कर्पोरेशन अफ नेपालमा २१ हजार २२८ क्युफिट काठ माग भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएका सम्पदाको पुनःनिर्माणका लागि पुरातत्व विभाग मार्फत १० वटा सम्पदाले काठ माग गरेका हुन् ।

काष्टमण्डपले १४ हजार, नुवाकोटस्थित भैरवी मन्दिरले १२, रातो मछिन्द्रनाथ ६८, रामेछापको खाडादेवी मन्दिर ५००, दोलखाको धनेश्वर मन्दिर तीन हजार, चारनारायण र हरिशंकर मन्दिर पाटन एक हजार ४५०, अछामको मंगलसेन दरबारले एक हजार ९२० र कनका सुन्दरी मन्दिर जुम्लाको पुनःनिर्माणका लागि २७८ क्युफिट काठ माग भएको हो । 

कर्पोरेशनका महाप्रबन्धक राजु लौडारी पुरातत्व विभागको मागको आधारमा कार्यायोजना बनाएर काठ वितरण गरिने बताउनुहुन्छ । उहाँले सम्पदा निर्माणका लागि ठूलो आकारका काठ लाग्ने भए पनि विभागले कुन आकारको काठ कति चाहिने भनेर स्पष्ट रुपमा खुलाएर नपठाएकाले कटानी गर्न नसकिएको बताउनुभयो । 

लौडारीले एकैपटक सबै काठ सम्पदाका लागि नचाहिने भएकाले चौमासिक रुपमा वितरण गरिने उल्लेख गर्नुभयो । रासस

ट्याग -  २१ हजार क्युफिट काठ माग

SUGGESTED ARTICLES

img
सरकारले तोक्यो सातै प्रदेशको राजधानी, कुन प्रदेशको कहाँ ?

माघ ३ मा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा छलफल गरेपनि कुनै निर्णय गर्न नसकेको हो ,भने माघ ४ गते वसेको बैठक प्रधान मंत्री निवासमा आयोजित मंत्रिमंडल बैठक अस्थायी राजकीय र सबै सात प्रान्तका प्राविधिक प्रमुखहरु लाई नियुक्त गरेको छ।


by Anu Rana | Jan 20

img