mobile

समानुपातिकमा पानि एमालेको अग्रता

By R. sharma on Dec 11,2017 - 22:24

समानुपातिकतर्फको १६ लाख मत गन्दा पहिलो नम्बरमा नेकपा एमालेले ५ लाख ९७ हजार ६ सय २७ मत ल्याएको छ। दोश्रोमा रहेको नेपाली कांग्रेसले ५ लाख ५६ हजार ४ सय ८२ मत ल्याएको छ। विवेकशील साझा चौथो स्थानमा आएको छ।

निर्वाचन आयोगका अुनसार सोमबार साँझसम्म १६ लाख २६ हजार ६ सय ६ मत गणना भएकोमा विवेकशील साझा पार्टीले ३६ हजार २ सय २५ मत ल्याएको छ।

तेश्रोमा रहेका नेकपा माओवादी केन्द्रले २ लाख ६१ ह्जार ८ सय ९४ मत ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३४ हजार ९ सय ८५ मत पाएको छ। संघीय समाजवादी फोरमको २७ हजार २ सय ८४ मत रहेको छ।

राष्ट्रिय जनता पार्टी नेपालले २७ हजार २ सय ५३ मत ल्याएको छ।आयोगले १ करोड २२ लाख मत खसेको जनाएको छ।

ट्याग -  समानुपातिक

SUGGESTED ARTICLES

img
माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ ।शुक्रबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा प्रदेश सरकारको गठन, राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको पूर्णताका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट र पार्टी एकतामा केन्द्रित भएर कुराकानी भएको थियो ।


by R. sharma | Jan 19

img