mobile

१५६ स्थानको मतपरिणाम सार्वजानिक बाम गठवन्धन दुइ तिहाइको नजिक

By R. sharma on Dec 11,2017 - 22:38

मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको अधिकांश स्थानको नतिजा आइसकेको छ । नतिजा हेर्दा प्रत्यक्ष तर्फको निर्वाचन बाम गठवन्धन दुइ तिहाइको नजिक पुर्याएका छन् । प्रतिनिधिसभातर्फ अब  ६ जिल्लाको मात्र अन्तिम परिणाम आउन बाँकी छ । १ सय ६५ मध्ये हालसम्म प्रतिनिधिसभातर्फ १५६ स्थानको नतिजा सार्वजनिक भइसकेको छ ।

पछिल्लो नतिजा अनुसार ७६ स्थानसहित एमाले अग्रस्थानमा रहेको छ भने माओवादी केन्द्र ३४ स्थानमा विजयी भएको छ । यसैगरी नेपाली काँग्रेसले २१ स्थानमा विजय प्राप्त गरेको छ । राजपा र संघीय समाजवादी फोरमले १०-१० स्थानमा जित हासिल गरेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १-१ स्थानमा विजय प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारले १ स्थानमा जितेका छन् ।।

ट्याग -  मतगणना

SUGGESTED ARTICLES

img
बास्तोलाको निधनप्रति दुःख व्यक्त

पूर्वसांसद मञ्च नेपालले नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रजातन्त्र पुनःस्थापनाका अथक योद्धा स्व बास्तोलाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मञ्चले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । संस्थाका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गर्नुभएको समवेदना सन्देशमा यस दुःखद् घडीमा मञ्च उहाँप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दछ भनिएको छ । 


by RSS | Oct 15

img