mobile

बसले किच्दा नाबालकको मृत्यु

By RSS on Dec 13,2017 - 11:11

पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन् । 

सारुका हजुरबुबा बसमा चढ्न खोज्दा बालकले हजुरबुबालाई पछ्याउँदै गाडीतर्फ आउने क्रममा किचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हजुरबुवाले तरकारी लोड गर्दैगर्दा बसको अर्को पटृीबाट बालक पछयाउँदै आएकाले उनले नदेखेको र उनलाई हेर्ने ५÷६ बर्षका दाई साथीसंग खेल्न गएकाले घटना हुनपुगेको प्रहरीले बताएको छ । बस केही हिँडिसकेपछि मात्र उनकी हजुरआमाले नाति दुर्घटनामा परेको थाहा पाएकी थिइन् । 

खुमडाँडादेखि ताहुँतर्फ आउँदै गरेको लु २ ख २८० नंको बसले किच्दा बालकको मंगलबार मृत्यु हुन पुगेको हो । बस चालक सागर दर्जी प्रहरी नियन्त्रणमा रहेका छन् । रासस

ट्याग -  १६ महिनाका बालक अमृत

SUGGESTED ARTICLES

img
अनुदान नपाउँदा भूकम्पपीडित समस्यामा

भूकम्पपछि घर भत्किएलगत्तै चर्को ब्याज दरमा ऋण काढेर पुनःनिर्माण गरी बसेका पीडितले मापदण्डअनुसार घर नबनेको भनी अनुदान नपाएपछि समस्यामा परेका छन् । घर भत्किएर ओत लाग्ने ठाउँ नभएपछि पीडितले अनुदान पाइएला भनी महँगो ब्याजदरमा ऋण लिई आफैँ पुनःनिर्माणमा जुटे । ऋण गरी घर बनाएर बसे । त्यस्ता लाभग्राहीले मापदण्ड पूरा नभएको भनी हालसम्म पनि सरकारले घोषणा गरेको रु तीन


by RSS | Jul 20

img