mobile

कालीकोटमा समानुपातिकमा माओवादी केन्द्र अगाडि

By RSS on Dec 13,2017 - 11:20

पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको. समानुपातिक तर्फको मतगणनाअनुसार कालीकोटमा नेकपा (माओवादी केन्द्र)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । 

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा ११ हजार ४८० मत ल्याएको छ भने नेकपा (एमाले)ले १० हजार ९७८, नेपाली काँग्रेसले छ हजार ५०३, राप्रपा दुई हजार ८५१ र राप्रपा (प्रजातान्त्रिक) एक हजार ६४० मत ल्याएको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी सिवाकोटीले बताउनुभएको छ । 

उहाँले प्रदेशसभा (क)मा नेकपा (माओवादी केन्द्र)को चार हजार ७९७, एमाले चार हजार ६०० र नेपाली काँग्रेसलाई एक हजार ५६० मत प्राप्त भएको बताउनुभयो । 

त्यसैगरी, प्रदेशसभा क्षेत्र (ख)मा माओवादी केन्द्रले छ हजार १८, एमाले पाँच हजार ४३९ र काँग्रेसले चार हजार ५७० मत प्राप्त गरेका छन् । कालीकोटमा समानुपातिकतर्फ ४२ हजार ७४० मत खसेको थियो । 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रका दुर्गबहादुर रावत, प्रदेशसभा (क)मा एमालेका कुर्मराज शाही र प्रदेशसभा (ख)मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी हुनु भएको थियो । रासस

ट्याग -  कालीकोटमा नेकपा (माओवादी केन्द्र)ले सबैभन्दा बढी मत प्राप्त

SUGGESTED ARTICLES

img
सडक दुर्घटनामा मृत्यु

गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । बा १३ च ६४४२ नं को निजी जीप हेटौँडा जाने क्रममा स्थानीय दल्खुस्थित बलामी गाउँ नजीक दुर्घटना हुँदा चोभारकी विनादेवी मण्डलको मृत्यु भएको महनगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएकी ५२ वर्षीया मण्डलको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो ।


by RSS | Oct 15

img