mobile

समानुपातिकमा नेपाली काँग्रेस पहिलो

By RSS on Dec 13,2017 - 14:21

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सबैभन्दा बढी मत ल्याएर बझाङमा नेपाली काँग्रेस पहिलो भएको छ । 

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनमा काँग्रेसले २४ हजार ७७९ मत प्राप्त गरी पहिलो भएको हो । नेकपा एमाले २४ हजार ४७७ र नेकपा (माओवादी केन्द्र)ले आठ हजार ६५३ मत ल्याएर क्रमशः दोस्रो र तेस्रो भएका छन् । 

यसैगरी प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत काँगे्रसले २२ हजार ९६४ मत प्राप्त गरी पहिलो भएको छ भने एमालेले २० हजार ८०६ र मओवादी केन्द्रले १० हजार ६३५ मत पाएर क्रमशः दोस्रो र तेस्रो भएका छन् । रासस

ट्याग -  बझाङमा नेपाली काँग्रेस पहिलो

LATEST NEWS

SUGGESTED ARTICLES

img