mobile

काठमाडौँमा समानुपातिकतर्फ काँग्रेस अगाडि

By RSS on Dec 13,2017 - 15:10

प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम राखेका छन् । अहिलेसम्म काठमाडौँ जिल्लाका तीनवटा निर्वाचन क्षेत्रको सम्पन्न मतगणनामा काँग्रेस अगाडि भएको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिनुभयो । 

निर्वाचन क्षेत्र नं १, ४ र ८ को समानुपातिकतर्फको मतगणना सम्पन्न भइसकेको छ । जसअनुसार काँग्रेसले ३६ हजार ६०२ मतसहित अगाडि रहेको छ । एमालेले ३२ हजार ५५८, विवेकशील साझा पार्टीले १९ हजार ४५६ र नेकपा (माओवादी केन्द्र)ले पाँच हजार १६५ मत पाएका छन् । 

सातवटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ, मुख्य निर्वाचन अधिकृत पोखरेलले भन्नुभयो –“भोलिसम्ममा समानुपातिकतर्फको मतगणना सकिने सम्भावना छ ।” रासस

ट्याग -  नेपाली काँग्रेसले अग्रता

LATEST NEWS

SUGGESTED ARTICLES

img