mobile

१० उत्कृष्ट बलिउड चलचित्र

By Anu Rana on Dec 30,2017 - 10:09

भारतीय चलचित्र उद्योग बलिउडमा वार्षिक सयौं फिल्म रिलिज हुन्छन् । तीमध्ये केही फिल्मले बक्सअफिसमा धमाकेदार प्रदर्शन हुने गर्दछ । तर, बक्सअफिसमा राम्रो गर्ने फिल्म सधैं राम्रा हुन्छन् भन्ने छैन । २०१७ मा केही यस्ता फिल्म रिलिज भए जसको चर्चा भएन तर दर्शकहरुको नजरमा उत्कृष्ट ठहरिए । तीमध्ये केही फिल्म यहाँ चर्चा गरिएको छ ।

१ न्यूटन

 

उत्कृष्ट फिल्मको सूचिमा पर्न सफल भएको चलचित्र न्यूटन पनि हो यो फिल्मले उत्कृष्टि अवार्ड पनि पाउन सफल भएको छ । उक्त फिल्ममा राजकुमार रावले मुख्य भूमिका निभाएका छन्, यसको साथै फिल्ममा राजकुमार बाहेक पंकज त्रिपाठी, सन्जय मिश्रा, अन्जिल आदि कलकारहरु रहेको यो फिल्म न्यूटन हो । यो वर्षको अन्त्यतिर सार्वजनिक भएको राजकुमार रावको मुख्य भूमिका रहेको चलचित्र न्यूटनले विद्रोही समूह नक्साल नियन्त्रित छत्तिकगढमा निर्वाचन गराउन गएका एक सरकारी अधिकारीको कथाको बारेमा छ । भर्खरै सरकारी सेवामा प्रवेश गरेको न्यूटन कुमार राजकुमार रावलले स्वच्छ निर्वाचन गराउन खोज्दा झेल्नुपर्ने जटिलता यो फिल्मको मुख्य कथा हो । ओस्कार अवार्डका लागि भारतबाट छनौट गरिएको फिल्म इरानी फिल्म सेक्रेट व्यालोटबाट प्रभावित छ ।

२० लिपिस्टिक अण्डर माई बुर्खा

लिपिस्टिक अण्डार माई वुर्खा विवाद रहित चर्चित चलचित्रको रुपमा प्रदर्शन गरेको छ । यस चलचित्रमा चार जना महिलाको कथामा आधिरित छ, यस चलचित्रमा ति महिलाहरुको मनोविज्ञान सोचको बारेमा स्पष्ट खुलाएको छ । यसमा कोनकोना सेन, रत्ना पाठक, आहना कुम्रा र प्लबिता बोर्थाकुर मुख्य भूमिकामा रहेको छ ।

३ अ डेथ ईन गञ्ज

 

यो फिल्मको कहानी १९९७ मा शुरु हून्छ । अ डेथ ईन गञ्जले पारिवारिक बिदामा गएको एउटा परिवारको सुखद् र दुस्खद् कथा मा आधारित छ । परिवारसँगै बिदा मनाउन गएको एक पुरानो शहर मा केन्द्रित छ यो फिल्म । यस फिल्ममा तनुजा, विक्रांत मैसी, कल्कि कोचलीन , गुलशन देवैया , रणवीर शौरी, ओम पुरी आदीले मुख्य भुमिका निर्भाका छन् । यस फिल्मको निर्देशक गोकर्ण शर्मा हुन जहाँ लजाजु श्यामलको वास्तविकताबारे परिवारले थाहा पाउँछ ।

४. शुभ मंगल सावधान

 

शुभ मंगल सावधान एक भारतीय हिंदी कॉमेडीयन ड्रामा फिल्म हो यो आर एस द्वारा निर्देशित, आननद एल राय द्वारा निर्मित फिल्म हो । यसमा मूख्य भमिका रहेको छ आयुष्मान खुराना र भूमी पाड्नेकरको यो चलचित्र शुभ मंगल सावधान कमेडी फिल्म हो जुन सेप्टेम्बरमा रिलिज भएको थियो । बिवाहको लागि तयार भएका एक जोडीको कथा भन्ने फिल्मले यौनसम्बन्धी समस्या भागेको पुरुषको फरक खाले बिषय बोकेको छ यो फिल्मले । फिल्मले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाउनुका साथै बक्स अफिसमा पनि राम्रो आन्दानी गरेको थियो ।

५. बरेलीकी बर्फी

 

 

बरेलीकी बर्फी फिल्म को निदर्शेक अश्विनी अय्यर तिवारी र निर्माता विनीत जैन, रेणु रवि चोपड़ा, र कलककारहरुमा आयुष्मान खुराना, कृति सेनन, राजकुमार राव, पंकज त्रिपाठी, सीमा पाहवा मूख्य भूमिका रहेको छ यस फिल्ममा, । यो रोमान्टिक कमेडी बरेलीकी बर्फीले दुई युवक र एक युवतीको त्रिकोणीय प्रेमकोबारेमा छ । आफूलाई वास्तविक अवस्थामै स्वीकार्ने अड्डी कसेकी बिट्टी क्रिति सनोन लाई मन पर्ने एक लेखकको खोजीमा हुने आरोह अवरोह र त्यसपछिको द्वन्द्वमा फिल्म घुमेको छ । फिल्ममा विशेषत राजकुमार राओको अभिनय प्रशंसनीय छ ।

६. ट्र्याप्ड


यो फिल्म जीवन को संघर्ष को कहानीमा आधारित छ । यसको निर्देशक विक्रमादित्य मोटवाने र निर्माता मधु मंटेना, विकास बहल, अनुराग कश्यप र कलकारहरुमा राजकुमार राव, गीतांजली थापा को मूख्य भुमिका रहेको छ यस फिल्ममा । राजकुमार राओ अभिनित ट्र्याप्ड अघिल्लो वर्ष नै विभिन्न फेस्टिभलमा प्रदर्शन भएर दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको थियो । यो फिल्मको नामबाटै नै थाहा हुन्छ की यो संघर्षमय फिल्म हो भनेर । फिल्ममाआफ्नो प्रेमीसँग भाग्न तयारी गरेको अवस्थामा एउटा बन्धक कोठामा आधारितफिल्म हो जहा युवक राजकुमार राओ को संघर्ष र त्यसबाट मुक्त भएपछि उसले महशुस गरेको वास्तविकलाई समेटेको छ ।

७. हिन्दी मिडियम



आधुनिक शिक्षामा देखिएको विकृतिमा आधारित रहेर तयार पारिएको हिन्दी मिडियम अहिलेका मध्यमवर्गीय अभिभावकको साझा मनोविज्ञान हो ।

हिन्दी मिडियम’ लाई साकेत चौधरीले निर्देशन गरेका छन् । चलचित्र समाजको एउटा तीतो सत्यमा आधारित छ । चलचित्रमा इरफान खानसँगै पाकिस्तानी अभिनेत्री सबा कमर शीर्ष भूमिकामा छन् । चलचित्रमा इरफान ‘राज बत्रा’ को भुमिकामा छन् । उनको पुरानो दिल्लीमा एउटा फेशन स्टुडियो हुन्छ । उनी आफ्नो जीवनदेखि खुसी हुन्छन् । उनकी श्रीमतीको भूमिकामा सबबा कमर छिन्, उनी मिताको भूमिकामा छिन् । चलचित्रमा राज र मिता उनको छोराको एडमिसन कुनै राम्रो विद्यालयमा होस् भन्ने चाहन्छन् । चलचित्रमा हिन्दी माध्यमको प्राइभेट विद्यालयलाई सांकेतिक रूपमा हास्य व्यङ्ग्य गरिएको छ । दर्शकहरुको राम्रो प्रतिक्रियासहित यसले बक्स अफिसमा पनि राम्रो आम्दानी गर्यो ।

८. सेक्रेट सुपरस्टार


आमिर खान विशेष भूमिकामा देखिने फिल्मको लिड रोलमा जरिम वासिम हुन । स्कुले छात्रा इन्सिया मलिकको संगीत मोहमा उनका बाबुको असहयोगलाई फिल्ममा उतारिएको छ। संगीत प्रशिक्षकको भूमिकामा छन् आमिर खान र सेक्रेट सुपरस्टार अदवित चन्दनले निर्देशन गरेको फिल्म हो भने आमिर खान र किरन राव निर्माताका रुपमा रहेका छन्।

यो फिल्म कम बजेटमा बनाइएको आमिर खान अभिनित सेक्रेट सुपरस्टारकी स्टार जायरा वासिम हुन् । आमिर र किरण राओ निर्मित फिल्मले एक मुस्लिम युवतीको कथा भन्छ जो आफ्नो प्रतिभा प्रस्फुटनको लागि लुकेर गीत गाउँछिन् । पारिवारिक समस्याबाट गुज्रिएकी उनले कसरी आफ्नो लक्ष्य भेट्टाउँछिन् ।
यही बिषय र प्रस्तुतिले फिल्मदर्शकहरुको मन जिल्न सफल भएको छ । सामान्य बिषयमा संवेशनशील फिल्म हो।

९. अनारकली अफ आरा

अविनाश दास को पहीलो फिल्म अनारकली ऑफ आरा हो । यो फिल्मका निर्देशक र यसको कहानी दुबै अविनाश दास को हो । यो फिल्म स्वरा भास्कर अनारकली को मूख्य भमिका रहेको छ । स्वरा , संजय मिश्रा, पंकज त्रिपाठी, इश्तियाक खान, विजय यस फिल्मको मूख्य पात्रको रुपम देखिन्छन् ।

अनारकली अफ आरा एक डान्सरले आफ्नो अस्तित्व रक्षाको लागि गरेको संघर्षको मा आधारित कथा बस्तुमा छ । सत्य कथामा आधारित भनिएको फिल्ममा एक डान्सर स्वारा भास्कर, आराको एक विश्वविद्यालयको रजत महोत्सवमा नाच्ने कथाबाट सुरु हुन्छ र उक्त विश्वविद्यालयका उपकुलपतिसँगको उक्त डान्सरको द्वन्द्वबाट कथा अघि बढ्छ । एक डान्सरले आफूभन्दा शक्तिशालीसँग कसरी टक्कर लिन सक्छ भन्ने बिषयमा फिल्म केन्द्रित छ । यसको केही सामग्रीमा विवाद भएपनि दर्शकहरुबाट यसले राम्रो प्रतिक्रिया पाएको छ ।

१. ट्वाइलेट एक प्रेम कथा

 

अक्षयकुमार र भूमि पाडनेकर अभिनित ट्वाइलेट एक प्रेम कथामा आधारीत भारतमा भइरहेको शौचालयको समस्याको बारेमा देखाइएको छ । अक्षयकुमार र भूमि पाडनेकरले एक नवविवाहित दम्पतिको रुपमा शौचालय अभावमा के कस्ता दुःख सास्ती झेल्नु पर्दछ भन्ने बिषयमा फिल्म बनेको छ । यो फिल्मले भारतीय समाजको एउटा अन्धविश्वासमाथि चोटिलो प्रहार गरेकाले यसलाई सवै दर्शकहरुले सकारात्मक सन्देशको रुपामा लिएको हुनाले यो फिल्म उत्कृष्ट भएको छ ।

ट्याग -  १० उत्कृष्ट बलिउड चलचित्र , ट्वाइलेट एक प्रेम कथा , अनारकली अफ आरा

SUGGESTED ARTICLES

img
‘मिस टुरिजम’ प्रतियोगिता हुने

आगामी भदौ २५ गते काठमाडौँमा ‘मिस टुरिजम २०१८’ प्रतियोगिता हुने भएको छ । प्वाइन्ट मिडिया प्रालिले पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्न तथा पर्यटन प्रवद्र्धनका लागि उक्त प्रतियोगिताको तेस्रो संस्करण गर्न लागेको हो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले १८ वर्षदेखि २५ वर्ष उमेरसम्मका अविवाहित नेपाली महिलाले प्रतियोगितामा आवेदन दिनसक्ने जानकारी दिनुभयो ।


by RSS | Jul 18

img