mobile

नागरिकता पाउने चर्चित यन्त्रमानव

By Anu Rana on Dec 31,2017 - 16:51


एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, जस्लाई हेर्दा लाग्छ यस यन्त्र भित्र जीवन छ। रोबोटको निर्माण विभिन्न प्रकारको काम गराउनको लागि गरियेको हुन्छ। रोबोटको सफ्टवेयरमा जे जे प्रोग्राम हालिन्छ, रोबोटले त्यही त्यही काम गर्न सक्छ। रोबोटलाई जे जे बोल्नलाई प्रोग्राम गरिन्छ, रोबोट त्यही त्यही बोल्न सक्छ। रोबोट हिड्न सक्छ, लेंस जस्तो आँखाले वस्तुलाई स्क्यान गरेर हेर्न सक्छ तथा आदी प्रकारका क्रिया गर्न सक्छ।

साउदी अरब रोबोटलाई नागरिकता प्रदान गर्ने पहिलो राष्ट्र बनेको छ । साउदीले हङकङको ह्यानसन रोबोटिक्स कम्पनीले निर्माण गरेको मानिसजस्तै देखिने ‘सोफिया’ नामक रोबोटलाई नागरिकता दिएको हो । बुधबार रियादमा आयोजित ‘फ्युचर इन्भेस्टमेन्ट इनिसिएटिभ’ मा सोफियालाई साउदी नागरिकता प्रदान गरिएको घोषणा गरिएको थियो ।

बेलायती अभिनेत्री अड्री हेपबर्न र रोबोट निर्माता डेविड ह्यान्सनकी पत्नी सोफियाको रुपमा आधारित यो रोबोटले ‘हट सोफिया’ को उपनाम पाएको छ । सोफियाले विभिन्न टेलिभिजन शो तथा सभा सम्मेलनमा भाग लिइसकेको छ । कमेडी शो, म्यागेजिनको आवरण, आदिमा देखिइसकेको सो रोबोटले केही समयअघि संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी एक कार्यक्रममा पनि भाग लिएको थियो ।

यस्तै हालसालै बंबई मा चलिरहेको एशियाको सबैभन्दा ठूलो टेक्नोलोजी महोत्सवको दोस्रो दिनको शनिबार सउदी अरबको पहिलो रोबोट सोफियाले सारीमा सजिएर मानिसहरूलाई ध्यानाकर्षण गरेर, सम्पूर्ण हललाई नै चकिट बनाइ दिइन् । यसम कति रिसाए भने कति अचम्म मा परे । सोफियाले हेलो भारत, म सोफिया हुँु भन्दै मानिसहरूलाई स्वागत गरे। हॉलमा बसेका केही मानिसहरू आक्रोश देखिएका थिए भने, केही खडा भए र सोफियाको अभिवादन स्वीकारीरहेक थिए भन,े कति त अचम्म मानेर एकोहोरे हेरिरहेका थिए ।

सोफियाले उनलाई अभिवादन गरेर टेकफेस्टमा आएका मानिसहरूको हृदय जित्यो। रोबोट सोफिया विश्वभर कुनै पनि देशको पहिलो नागरिकता प्राप्त गर्न भेदभाव प्राप्त गर्दछ। यसले पहिलो रोबोट नागरिकता सऊदी अरवले दिएको थियो । तब देखि, संसारको विज्ञान र प्रविधि क्षेत्रका विद्यार्थीहरूमा चर्चाको विषय वनेका थियो ।

उनलाई भारतको भ्रमणको बारेमा सोध्दा उनले जवाफ दिइनकी म सधै भारत भ्रमणमा रहने गरेको छु । मैले परम्परा र संस्कृतिको वारेमा सुनेको मलाई भारतीय हरु अति मन पर्छ भनीन् । ५ मिनटको कुराकानी पछि रोबोट मौन भयो । प्रश्न दिदा दिदै रोकियो । र केही समय पछि पुणृ फेरि शुरु भयो , रोवोटले विद्याथीहरुको प्रश्नको जवाफ एकदम सरल तरिकाले दिए ।

सोफियाले लगाएको रंगिन सारीले भारतको पहिरन, संस्र्कति झल्केको थियो, उनले भने कि भारतको संस्कृति र विविधता यसको पहिलो पहिचान हो। शहर देखि गाउँ वस्ती सम्म यसको एउटा छुट्टै पहिचान झल्काउछ भन्दै, उहाँले भन्नुभयो कि जो मान्छे जस्तो देखिन्छ, यसको विचार गर्नुको सट्टा, हामीले आफ्नै पहिचानलाई फरक बनाउनुपर्दछ।

 

 

ट्याग -  सोफिया , रोबोट , विज्ञान र प्रविधि

SUGGESTED ARTICLES

img
‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक किनारतिर सोहोरिंदै थिए । किनार छेउको स्टेजमा प्रोजेक्टरले समयको काउन्टडाउन गर्दै थियो । आइपुगेका दर्शकले समय कुर्न सकेनन् । चिसो मौसममा नारायणी किनार तात्न थाल्यो । दर्शकको हुटिङ बढ्न थाल्यो ।


by RSS | Jan 16

img