mobile

२०१८ मा निस्किने चर्चित स्मार्टफोनहरु

By Anu Rana on Jan 02,2018 - 16:37

नयाँ वर्षको सुरुवात सँगै विभिन्न कम्पनीहरुले ८ वटा स्मार्टफोनहरु लन्ज गरेका छन् । यो वर्ष स्मार्टफोन्सका लागि निकै अचम्मलाग्दो उपकरणहरू बजारमा आईपुगेका पाईन्छ । यो हाम्रो लागि एक साँच्चै रमाइलो नया सूरुवात पनि भएको छ ।

सामसङ कम्पनिले २०१७ को डिसेम्बर १९ मा ए सिरिजको बहु – प्रतिक्षित स्मार्टफोन ग्यालेक्सी ए ८ २०१८ र ग्यालेक्सी ए ८ प्लस ९२०१८ ० लन्च गरेको छ । नयाँ सामसङ ग्यालेक्सी ए ८ र सामसङ ग्यालेक्सी ए ८ प्लसमा डुअल फ्रन्ट क्यामेरा राखिएको छ । त्यसको अलावा इन्फीनीटि डिस्प्ले रहेको छ । कम्पनिका अनुसार उक्त ए सिरिजको नयाँ स्मार्टफोनले प्रयोगकर्तालाई स्टायलिस र शानदार अनुभव दिने छ । यी फोनहरु लन्च हुनुभन्दा अघि पनि यी ह्यान्डसेटहरुको जानकारी विभिन्न खबरहरुमा आएको थियो । नयाँ सामसङ ग्यालेक्सी ए ८ र सामसङ ग्यालेक्सी ए ८ प्लस अब २०१८ को जनवरी देखि बिक्रिमा आउने छ ।


नोकिया ९

नोकियाले आकर्षक फिचरसहित नोकिया ९ स्मार्टफोन वजारम आइसकेको छ । नोकिया नाइनमा ५.५ इन्चको ओएलईडी (OLED) डिस्प्ले हुनेछ, जसमा क्यूएचडी OZO हुनेछ । यो डिभाइसमा नोकियाको एडभान्स ओजो इश्इ अडियो इन्हान्समेन्ट रहनेछ, जून फिचर आफ्नो स्मार्टफोनमा प्रयोग गर्ने पहिलो स्मार्टफोन नोकिया नाइन हुनेछ ।यसका साथै नोकिया नाइनमा २२ मेगापिक्सेलको कार्ल जेइस ड्यूल क्यामरा मुख्य क्यामराको रुपमा राखिनेछ भने सेल्फीका लागि १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिनेछ ।सो फोनमा आइरिस स्क्यानर राखिनेछ भने एन्ड्रोयड ७।१।२ भर्सनको नूगट अपरेटिंग सिस्टममा संचालन हुनेछ ।नोकियाको नयाँ स्मार्टफोनमा क्विक चार्ज ४।० फास्ट चार्जिंग टेक्नोलोजीका साथमा ३,८०० एमएएचको ब्याट्री प्याक हुनेछ ।यो स्मार्टफोन पानीमा डुबाउँदा पनि केहि नहुने आइपी ६८ सर्टिफिकेसन भएको डस्ट एण्ड वाटर रेसिस्ट्यान्स हुने बताईएको छ ।

सामसुङले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल एस नाइन र एस नाइन प्लस

स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल एस नाइन र एस नाइन प्लसको सार्वजनिक गरेको गर्ने तयारी गरेको छ ।

सामसुङका आधिकारिक विभिन्न कम्पनीहरूले आगामी जनवरी महिनामा उक्त मोडलका स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको हो । एस नाइन प्लसमा ड्युल क्यामारा सेटअप र एस नाइनमा भन्दा बढी रयाम राखिएको छ ।

ग्यालेक्सी एस नाइनमा ४ जीबी रयाम हुनेछ भने नाइन प्लसमा ६ जिबी रयाम हुनेछ । उक्त स्मार्ट फोनमा पुरानो स्मार्टफोनमा रहेको फिगंर प्रिन्टको समस्या पूर्णरुपमा समाधान गरिने जानकारी उक्त कम्पनीले गरेको छ ।

नयाँ ह्यान्डसेटहरुमा १० नानोमिटरको चिपसेट प्रयोग गरिने र आन्तरिक स्टोरेज ६४ जिबी सम्म य


सोनी एक्सपीरिया एक्सजेट टू

हालैमा सोनी फ्लैगशिप स्मार्टफोन ह्उभचष्ब ह्श्द्द प्रयोगमा ल्याउने भएको छ । एक्सपीरिया ह्श्द्द को जीफोन को स्मार्टफोन को तीन पक्षमा ह्ष्बयmष् एमआई मिक्स द्द जस्तै बेकलकमको हुनेछ । फोनमा पावर बटन छेउमा अवस्थित हुनेछ। भोल्युम रटरहरू र क्यामेरा बटनहरू दायाँमा हुनेछन्। स्पिकर र भबचउष्भअभ फोनको शीर्षमा राखिएको हुन्छ ।

सैमसंग गैलेक्सी नोट नौ


सैमसंग गैलेक्सी नोट ९ स्मार्टफोन अगस्त २०१८ मा लन्च हुने भएको छ, सैमसंग गैलेक्सी नोट ९ स्मार्टफोन ६.३ इन्चको क्गउभच ब्ःइीभ्म् साथमा बजारमा आएको छ । यसको यसमा ८ जिवि रयाम सिित छ । सैमसंग गैलेक्सी नोट ९ स्मार्टफोन अगस्त २०१८ मा लन्च हुने भएको छ, यसमा सिङ्गल सिम लाग्ने छ । यसमा सिमकार्ड भने ८ जिविको रहनेछ । सैमसंग गैलेक्सी नोट ९ मा कनेक्सन इन्ट्रनेटसम्वन्धिी सम्पुर्ण सामाग्री हुनेछ । यसको फोटो खिच्ने क्यामरामा १२ मेगापिक्सेल हुन्छ ।


एचटिसीले नेपालमा सार्बजनिक गर्यो नया तिन फोन


ताइवानी स्मार्टफोन कम्पनी एचटिसीले नेपालमा तिन नया फोन सार्बजनिक गरेको छ । नेपालका लागि एक मात्र आधिकारिक बितरक जनरल नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एचटिसी डिजायर ८२५ , एचटिसी वान एक्स ९ तथा एचटिसी यू प्ले सार्वजनिक गरेको हो । ५ दशमलव ५ इन्चको टचस्क्रीन डिस्प्ले भएको यो स्मार्टफोनमा १ दशवलव ६ गीगाहर्जको क्वाड कोर क्वालकम स्न्यापड्रागन ४०० प्रोसेसर र २ जीबी र्याम राखिएको छ । यस फोनमा १६ जीबीको आन्तरिक स्टोरेज छ, जसलाई माइक्रो एसडी कार्डको सहायताबाट १२८ जीबीसम्म पुर्याउन सकिन्छ । एचटिसी डिजायर ८२५ मा १३ मेगापिक्सेलको मुख्य क्यामरा९ पछाडिको क्यामरा० तथा सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा जडान गरिएको छ ।


एन्ड्रोइड मार्समेल्लो भर्सन ६।० मा संचालन हुने यस फोनमा २७ सय एमएएचको रिमुभेवल ब्याट्री छ । एचटिसी डिजायर ८२५ मा ड्यूल माइक्रो सिम सपोर्ट गर्दछ । कनेक्टिभिटीका लागि यसमा वाईफाई, जीपीएस, ब्लूटूथ, यूएसबी ओटिजी, एफएम, थ्रीजी तथा फोरजी राखिएको छ । यसमा प्रोक्सिमिटी सेन्सर, एक्सेलेरोमिटर, एम्बिएन्ट लाइस सेन्सर तथा जाइरोस्कोप राखिएको छ ।
कम्पनीले एचटिसी डिजाइर ८२५ को मूल्य १८ हजार ९ सय रुपैयाँ तोकेको छ ।


एचटिसी वान एक्स नौ

एचटिसी वान एक्स ९ कम्पनीको डिजायर श्रेणीको उत्कृष्ट स्मार्टफोन हो । एचटिसी वान एक्स ९ मा ५ दशमलव ५ इन्चको फूलएचडी सूपर एलसिडी डिस्प्ले राखिएको छ, जसले घाम लागेको बेलामा पनि सहजरुपमा फोन हेर्न र चलाउन सकिन्छ ।


राम्रो साउण्डको लागि यसमा डिस्प्लेको माथिल्लो भाग र तल्लो भागमा ड्यूल स्पीकर ग्रिले प्रयोग गरिएको छ ।


एचटिसी वान एक्स ९ मा मिडिया टेकको अक्टाकोर हेलियो एक्स १० प्रोसेसर र ३ जीबीको र्याम प्रयोग गरिएको छ । यसमा ३२ जीबीको आन्तरिक स्टोरेज छ भने यसलाई बढाएर २५६ जीबी सम्म पुर्याउन सकिन्छ ।


फोटोका लागि १३ मेगापिक्सेलको रियर क्यामरा तथा सेल्फिको लागि ५ मेगपिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । वान एक्स ९ मा ब्लूटूथ ४ दशमलव २, वाईफाई ,जीपीएस, ग्लोनास, मिराकास्ट तथा फोरजी एलटिईको सुविधा छ । ३ हजार एमएएचको ब्याट्री राखिएको यस फोनले क्विक चार्जीङ पनि सपोर्ट गर्दछ ।कम्पनीले वान एक्स ९ को मूल्य रु २८ हजार ६ सय रुपैयाँ तोकेको छ ।


एचटिसी यू प्ले


सन् २०१७ मा शुरु भएको एचटिसीको यू सिरिजमा नयाँ डिजाइर र सुविधाहरु राखिएको छ । यसको मुख्य विशेषता भनेको लिक्विड सर्फेस हो, कम्पनीकाअनुसार यसको बाहिरी भागलाई हातले दबाउन सकिन्छ ।५ दशमलव २ इन्चको फूलएचडी सूपर एलसिडी डिस्प्ले राखिएको यस फोनलाइ गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाईएको छ । यसमा २ दशमलव शून्य गीगाहर्जको ६४ बिट अक्टा कोर मिडिया टेक हेलियो पी १० प्रोसेसर प्रयोग गरिएको छ ।

यस फोनमा ४ जीबीको र्याम तथा ६४ जीबीको स्टोरेज छ जसलाई बढाएर २५६ जीबी सम्म पुर्याउन सकिन्छ ।
फोटोका लागि १६ मेगापिक्सेलको रियर९ पछाडी ० तथा फ्रन्ट क्यामरा छ जसले कम प्रकाशमा पनि गणस्तरीय फोटो खिच्न सक्दछ । एचटिसी यू प्ले स्मार्टफोनमा २५०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ,यस फोनबाट ८ घण्टासम्मको रेकर्ड गर्न सकिने कम्पनीको दाबि छ । सामान्य प्रयोगका लागि भने दिनभर ब्याट्री ब्याकअप दिन्छ ।


फोनमा एचटिसी यू सोनिक, ड्यूल नानो सिम स्लट, ब्लूटूथ ४ दशमलव २, ड्यूल ब्याण्ड वाईफाई, एनएफसी, ओटिजी, जीपीएस, ग्लोनासलगायतका सुविधा छन्। फोरजी सपोर्ट गर्ने यो स्मार्टफोनमा जाईरोस्कोप, म्याग्नेटिक तथा फिंगरप्रिन्टलगायतका सेन्सर रहेको छ ।
कम्पनीले यस स्मार्टफोनको मूल्य रु ४९ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।

एप्पल आईफोन

एप्पलको बहुप्रतिक्षित आइफोन सेभेन र सेभेन प्लस आउँदो सेप्टेम्बर देखि बजारमा आउने भएको छ। मोबाइल बजारमा आफ्नो प्रभुत्व जमाउन सफल एप्पल नयाँ मोडेलको मोवाइल ल्याउने भनेर फेरी चर्चामा आइरहेको छ।यो चर्चा चलिरहँदा एप्पलले कस्तो मोडेलको आइफोन ल्याउला भनेर धेरै अड्कलवाजि जलिरहेको छ। केहि अन्तराष्टिय मिडियाहरुले मोडेलसमेत लिक भएको र यि फिचरहरु आउँछन भनेर हल्ला गरिरहेका छन्। नयाँ आउने आइफोन सेभेनमा कस्ता फिचर आउलान त, यसका बारेमा सवैलाई जिज्ञासा रहेको छ। यहाँ आईफोन ७ मा हुनसक्ने सम्भावित फिचरका विषयमा चर्चा गरिएको छ।


डिस्प्ले

आईफोन ७ मा ४ दशमलब ७ इन्चरको स्क्रिन सहित थ्रिडी डिस्प्ले हुनेछ भने आईफोन ७ प्लसको स्क्रिन ५ दशमलब ५ इन्च हुने जनाइएको छ। तर दुबै फोनमा स्किन, फोटो र भिडियोको रिजोलुसन भने थपिने सम्भावना रहेको अन्तराष्टिय सञ्चार माध्यमहरुले बताएका छन्।


र्याम

आईफोन ७ मा एप्पल ए १० प्रोसेसर र २ जिबीको र्याम हुनेछ। आईफोन ७ प्लसमा भने ४ जिबी सम्मको र्याम र प्रोसेसर उही तर क्लक स्पिड बढि राखिने चर्चा परिचर्चा चलिरहेको छ।


मेमोरी

यसै गरि मोवाइलको आन्तरिक क्षमतालाई बढाइने भएको छ। अबदेखी १६ जिबीको इन्टरनल मेमोरिलाई बढाएर न्युनत ३२ जिबी पुर्याइने र २५६ जिबी क्षमता सम्मको इन्टरनल स्टोरेज क्षमताका आईफोन समेत उपलब्ध हुने जानकारी दिइएको छ।


क्यामेरा

आईफोन ७ मा १२ मेगापिक्सलको रियर क्यामेरा र ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा हुने र आईफोन ७ प्लसमा भने शक्तिशाली क्यामेरा समावेश हुनेछ जसमा १६ मेगापिक्सलको रियर क्यामेरा र ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा हुने चर्चा चलेको छ।


अपरिटिङ सिस्टम

आईफोन ७ मा आईओसको लेटेस्ट भर्सन आइओएस १० हुनेछ । इन्टेलिजेन्ट सजेसन दिन सक्ने समार्टर भर्चुअल किवोर्ड समावेश हुनेछ। नयाँ आईओसमा फोटोमा एपमा पनि धेरै सुधार हुने चर्चा चलेको छ।


चार्जिङ

नयाँ आउन लागेको यि दुवै मोडेलका मोवाइलमा वायरलेस चार्जिङ्को सुविधा रहने हल्ला बाहिर आएको छ। यसका साथै आईफोन ७ मा तीब्र गतिमा हुने चार्ज ९फास्ट चार्जिङ० टेक्नोलिजी आउने सम्भावन पनि रहेको छयसैगरी एप्पलले अब आउने कुनैपनि मोडेलका स्मार्टफोनहरु वाटरप्रुफ हुने जनाएको छ।
त्यसो त अझैसम्म एप्पलले आधिकारिक रुपमा कुनैपनि सेवा वा मोडेल सार्वजनिक गरेको छैन। यि सवै अन्तराष्टिय सञ्चार माध्यमा आएका अड्कलवाजि मात्र हुन्।

गुगल पिक्सेल ३

त्यहाँ पिक्सेल ३ को बारेमा कुनै वास्तविक अफवाहहरु फैलिएका छन । २०१८ मा लन्च हुने उक्त मोबाईलमा स्नैपड्रागन ८४५ प्रोसेसर हुने निश्चित गरेकाअ छन ।
त्यसबाहेक, प्रशंसकहरू बेज९कम डिस्प्लेका, हेडफोन ज्याक र विशेष गरी वायरलेस चार्जिङका लागि क्लमिंगिङ गर्दै गरेका छन् । गूगल सहायक यस स्मार्ट फोन अहिले सम्म कै सबै भन्दा स्मार्ट हुने दाबी गरेका छन ।


ओनप्ल्स ६

ओनप्ल्स ६ लाई मार्च २०१८ मा लन्च गर्ने अपेक्षा गरिएको छ । डिस्प्ले अन्तर्गत एम्बेडेड एक फिंगरप्रिन्ट स्क्यानर सुविधा हुने धेरैले अनुमान लगाएका छन । स्नैपड्रगन ८४५ हालिने उक्त फोनमा केही हार्डवेयर सुधारको आशा गरिएको छ ।

ट्याग -  २०१८ मा स्मार्ट फोन लन्च

SUGGESTED ARTICLES

img
पर्यटक आकर्षित गर्न चिनियाँ भाषामा वेभसाइड निर्माण

सरकारले छिमेकी मुलुक चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन प्रचारात्मक अभियानलाई तीव्रता दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पछिल्लो समय छिमेकी मुलुक चीनबाट ठूलो संख्यामा पर्यटक आउन थालेकाले उनीहरुबीचको सञ्चार सहजताका लागि आफ्नै भाषामा वेबसाइट बनाउन लागिएको बताउनु भएएको छ ।


by Anu Rana | Apr 12

img