mobile

२०१७ का प्रविधिक अन्तिस्यठी

By Anu Rana on Jan 04,2018 - 09:39

सन् २०१७ को अन्त्य सँगै प्रविधि जगतमा रहेका केही प्रविधि चिजहरुले समेत अन्त्य गरेका छन । २०१७ या सो अघी आएका यि प्रविधि वस्तु तथा सेवाहरु प्रयोगकर्ताहरुमा र त्यसका निर्माण कम्पनिहरुमा निकै ठुलो उप्लव्धी भएको केहि श्रोध्कर्ताहरुले कुरा राखेका हुन ।

२०१७ मा समाप्त हुने प्रविधि जगतका यि ७ चिजहरुः

 

१ . आइपड नानो र आइपड शफल:

एप्पलले आफ्नो नयाँ स्मार्ट आइपयाड्, आआईफोन  ८, ८ प्लुस र यक्स सँगै आफ्नो आइपड शफल तथा आइपड नानो बन्द गरेका छन । दुबैलाई एप्पल स्टोरबाट हटाइएका छन । आइपड शफल सन् २००५ मा लञ्च भएको थियो । सन् २०१८ देखि बजारमा यी दुई ग्याजेट देखिने छैनन् ।

 

२. विन्डोज फोन:

माइक्रोसफ्ट कोर्पले गत जुलाईमा नै अबदेखि विन्डोज फोनको सपोर्ट फोन बनाउन बन्द घोषणा गरेको थियो । कम्पनीका अनुसार अब विन्डोज फोनका लागि कुनैप्नि हार्डवेयर तथा सफ्टवेयर उत्पादन गरिनेछैन ।

 

३. फेसबुक टिकर:

फेसबुकले सन् २०११ मा सुरु गरेको यस फिचरले २०१७ सँगै बन्द गरेको छ । यस फिचरले फेसबुक प्रयोगकर्तालाई आफ्ना साथीहरुको क्रियाकलाप ट्रयाक गर्न सहयोग गर्दथ्यो । उक्त फिचरलाई लिएर प्रयोगकर्ताले गोपनियता भंग भएको भनिइ बिभिन्न उजुरीहरु पनि गरेका थिए ।

 

४. AOL Instant Messenger, Alto Email:

भर्जन कम्युनिकेसन कम्पनीको भ्रातृ कम्पनी ओथलेले गत अक्टोबर महिनाको मध्यमा आफ्नो मेसेजिङ एप बन्द गर्ने घोषणा गरेको थियो । २० वर्षअघि यस मेसेजिङ प्लेटफर्म लाई स्मार्ट मेसेजिङ पनि भन्ने गरिन्थियो । पछिल्लो समय अस्तित्व नै नामेट भैसकेको थियो । यस सँगै अल्टो इमेल सर्भि पनि बन्द गरिएको छ ।

५. गूगल स्पकेस्: 

गुगलले सन् २०१६ मा गूगल स्पकेस नामक सर्भिस लन्च गरेको थियो ।  गुगल स्पेसेज पनि एक मेसेजिङ एप थियो तर सानो समूहका लागि मात्र थियो । प्रायः व्यवसायिक व्यक्तिहरु यसका प्रयोगकर्ता थिए । तर एक वर्षमै यसलाई बन्द गर्यो ।

६. भर्टु: 

आर्थिक समस्याका कारण भर्टु बन्द भएको छ । बहूमूल्य मोबाइल फोन उत्पादनका लागि चर्चित कम्पनीको नाम हो भर्टु । यसले हिरा, जवाहरत, रत्न तथा बहुमुल्य धातुको प्रयोग गरी बहुमुल्य फोन बनाउँदथ्यो । कम्पनीका स्मार्टफोनको सिग्नेचर रेन्जको सुरुवात १५ लाख रुपैयाँदेखि सुरु भएर ५५ लाख रुपैयाँसम्म पर्दथ्यो । 

 

७. Groove Music:

सुरुवातमा क्स्बोक्स म्यूजिकको नामले चिनिएको म्युजिक सर्भिस ग्रुपलाई माइक्रोसफ्टले २०१४ मा खरीद गरेको थियो । एक्सबक्स म्युजिकको नाम बदलेर सन् २०१५ मा ग्रुभ म्यूजिक राखियो । गुगल तथा एप्पललाई टक्कर दिनका लागि माइक्रोसफ्टले यस App किनेपनि सफल हुन सकेन ।  तर अन्ततः माइक्रोसफ्टले ३१ डिसेम्बर २०१७ देखि यो सर्भिस सधैको लागि बन्द गरेका छन ।

ट्याग -  प्रविधिक अन्तिस्यठी

SUGGESTED ARTICLES

img
गूगलले आफ्नो सोशल नेटवर्क बग बन्द गर्ने घोषणा गऱ्यो

गूगलले उसको सोसियल मिडिया प्लेटफर्म बन्द गरेको छ । सन् २०११ मा फेसबूकसँग प्रतिस्पर्धा गर्न ल्याइएको गूगलप्लसले सोचेअनुरूपको प्रतिफल नदिए सँगइ अमेरिकाको विशाल इन्टरनेट कम्पनी गूगलले उपभोक्ताद्वारा प्रयोग गरिने आफ्नो अनलाइन सोशल नेटवर्क बग बन्द गर्ने घोषणा गरेको छ।


by Anu Rana | Oct 10

img