mobile

स्पयाम इमेल यसरी ब्लक गर्नुहोस्

By Anu Rana on Jan 04,2018 - 09:39

इन्टेर्नेटका वेबसाइटमा विज्ञापन, मोबाइलमा कल, ट्विटरमा ट्रोल्स, मेसेज तथा अनावश्यक इमेल, सायद सबैजसो मोबाइलल्यापटप प्रयोगकर्ताले भोग्दै आएको समस्या हो । यसमा कतिपय इमेलहरु यस्ता हुन्छन् जो फिशिंग वा अन्य ह्याकिङ ट्रिक्स वा प्रयोगकर्तालाई लोवियाउदो झुठो स्किम्स हरु बाट प्रयोगकर्ताको कम्प्युटर सिस्टम तथा डाटालाई नोक्सान पूराउन सक्छ ।

 

इन्टरनेटको अभिशाप भनिने फेक इमेलहरुबाट केवल प्रयोगकर्ताको इनबक्स भरिनेमात्र होइन यसले प्रयोगकर्तालाई नोक्सान पूराउने जोखिम रहेको हुन्छ । कतिपय सर्भिस प्रोभाइडरहरु वा अन्य मानिसहरु उनीहरुको इमेल सर्भिस अनसब्सक्राइब गरिसकेपछि पनि इमेल पठाइरहन्छन् ।

यस्ता स्पयामहरु बाट बच्नका लागि जिमेल, हट्मेल्, र अन्य प्रख्यात ईमेल सेवा प्रदायकले प्रयोगकर्ताले अनावश्यक इमेलहरु ब्लक गर्न सक्ने व्यवस्था गरेका छन ।

 

तपाईंले कुनै महत्वपूर्ण सूचना वा सन्देश दिन चाहेको, कुनै कुराको अपडेट गराउन खोजेको वा कसैको आग्रहलाई जवाफ दिएको हुनुपर्छ । तपाईं कुनै प्रयोजनबिना इमेल पठाइरहनु हुन्छ भने प्रापकले तपाईं इमेल नखोलि डिलिट गरिदिन सक्छ । तर कतिपय प्रायग्कर्ताहरुले बिभिन्न ठाउँहरुमा आफ्ना ईमेल एड्रेस दिएर आफ्नो व्यक्तिगत जानकारी गलत हाथमा दिन्छन । परिणामवरूप स्पयाम हजारौको सन्ख्यामा आइलाग्छन ।

 

यसरी ब्लक गर्न सकिन्छ जिमेलमा आएका स्पयाम इमेल:

  • सर्बप्रथम गुगलमा आफ्नो इमेल आइडी र पासवर्डले लगिन गर्नुहोस् ।
  • जुन इमेल पठाउने व्यक्ति, ग्रुप वा सर्भिस प्रोभाइडरलाई तपाइँ ब्लक गर्न चाहनुहुन्छ, त्यसको नाम सर्च गर्नुहोस्
  • उसको इमेल ओपन गर्नुहोस्
  • पठाउनेवालाको नाम/ठेगानाको तल देखिएको तिखो आकारको चिन्हमा क्लिक गर्नुहोस्
  • त्यहाँबाटBlock Sender’s name/address को विकल्प छान्नुहोस्
  • यसो गरिसकेपछि तपाइँले आफुले नचाहने इमेल वा सेलेक्टिभ प्रयोगकर्ताबाट आउने खालका इमेलबाट बच्न सक्नुहुनेछ ।
  • साथै तपाईले यदी कुनै स्पयाम लागने या लोभ लाग्दा गतिबिधी या चिज हरु पठायिएका छन भन्ने तपाईले किही पनि न सोचिकन ब्लक गर्नसक्नु हुनेछ ।
  • अहिले प्राय: ईमेल प्रदायकहरुले स्पयाम भनेर भिन्दै Unsubscribe नामक अप्सन राख्ने गरेका छन । उक्त अप्सनले त्य वेब्साइट को डटावेसमा तपाईको दर्ता भएको ईमेल आईडी लाई हटाउ छ ।
  • यदि कसैले गरेको सामुहिक मेलमा ‘रिप्लाई अल’ गर्ने बानी छ भने त्यो बानी हटाउनुस । रिप्लाई अल गर्दा तपाईं कहिलेकाहीँ समस्यामा पनि पर्न सक्नुहुन्छ । यद्यपि कहिलेकाहीँ रिप्लाई गर्नर्पर्ने आवश्यकता पनि हुन सक्छ । कुनैबेला यसले तपाईको ईमेल गलत हाथमा पुग्न सक्ने छ ।
ट्याग -  स्पाम , इमेल , इन्टरनेट

SUGGESTED ARTICLES

img
मोबाइल ‘एप्स’को प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन

मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका चार वटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ । स्थानीय तहमा सञ्चालित हरेक गतिविधिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गराउनका लागि नमूनाका रुपमा तथ्याङ्क संकलनको कार्य अगाडि बढाइएको हो । समावेशी सिद्धान्तका आधारमा समुदायको विकास निर्माण योजना तर्जुमा तथा पञ्चवर्षीय आवधिक योजना निर्माण सहभागिता गराउनका लागि आधुनिक


by RSS | Jul 20

img