mobile

राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

By RSS on Jan 05,2018 - 16:36

नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । 

आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिनुभयो । 

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने महिला तथा पुरुष टोलीले रु एक लाख ५० हजार, दोस्रो हुनेले रु एक लाख तथा तेस्रोले रु ६० हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही रु १५ हजार पाउनेछन् भने उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सरभर र प्रशिक्षकलाई जनही रु पाँच हजार प्रदान गरिनेछ । 

प्रतियोगितामा महिलातर्फ नौ तथा पुरुषतर्फ १२ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीलाई छनोट गरी आगामी चैत/वैशाखमा हुने राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा सहभागी गराइने नेपाल भलिवल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । 

उक्त प्रतियोगिताको मुख्य प्रायोजक नेपाल स्याटलाइट टेलिकम प्राइभेट लिमिटेल कम्पनी हुनेछ । कार्यक्रममा मुख्य प्रायोजक कम्पनीकी अध्यक्ष अस्मिता सुमार्गी र भलिबल संघका अध्यक्ष शर्माले भलिबल खेलमा कम्पनीले दुई वर्षसम्म प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार भलिबल खेलको लागि कम्पनीले रु ४० लाख दिने सहयोग गर्नेछ । 

सोही कार्यक्रममा उक्त क्लब च्याम्पियनसिपका लागि कम्पनीले पहिलो किस्ताबमोजिम रु १० लाखको चेक संघलाई प्रदान गरेको थियो । रासस

ट्याग -  चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने

SUGGESTED ARTICLES

img
पोखरा प्रिमियर लिगका लागि ग्राण्डीको साथ

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पोखरा प्रिमियर लिग (पिपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल रहने भएको छ । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि आज यहाँ आयोजित कार्यक्रममा आयोजक क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामा र ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा चक्रराज पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।


by RSS | Oct 15

img