mobile

गौचरन बन्यो जिल्ला अस्पताल

By RSS on Jan 05,2018 - 16:50

सम्बन्धित निकायको लापर्वाहीका कारण महोत्तरी जिल्ला अस्पताल गौचरनमा परिणत भएको छ । अस्पतालको चारैतिर फोहरमैला र दुर्गन्ध फैलिएको छ । 

जिल्ला अस्पतालका दुई बिगाहाभन्दा बढीको परिसरमा चारैतिर गाईवस्तु, सुँगुरबंगुरको मलमूत्र, खर, पराल, झारपात, पातपतिङ्गर र अन्य विभिन्न ठोस फोहर वस्तु जताततै देखिन्छ भने शौचालयमा दिसापिसाब माथिसम्म भरेर वरिपरि फैलिएकाले अस्पताल परिसर दुर्गन्धित भएको छ । 

अस्पताल परिसर तथा अस्पतालका शौचालय र अन्य उपचार गर्ने स्थानमासमेत रहेका फोहरमैला र दुर्गन्धले यहाँ बिरामी भई उपचार गराउन आउने थप बिरामी हुने सेवाग्राहीको गुनासो छ । 

सम्बन्धित सरोकारवालाले उचित ध्यान नपुर्याउँदा करोडौँको लागतमा निर्माण गरिएको सुविधा सम्पन्न अस्पतालमा बिरामीले स्तरीय उपचार पाउनाको साटो थप बिरामी हुनु परेको छ । सो अस्पतालको यस्तो दुर्दशाबारे अस्पताल प्रशासनसँग सोधपुछ गर्दा एकले अर्कामाथि दोषारोपण मात्र गरे । रासस

ट्याग -  महोत्तरी जिल्ला अस्पताल गौचरनमा परिणत

SUGGESTED ARTICLES

img
अनुदान नपाउँदा भूकम्पपीडित समस्यामा

भूकम्पपछि घर भत्किएलगत्तै चर्को ब्याज दरमा ऋण काढेर पुनःनिर्माण गरी बसेका पीडितले मापदण्डअनुसार घर नबनेको भनी अनुदान नपाएपछि समस्यामा परेका छन् । घर भत्किएर ओत लाग्ने ठाउँ नभएपछि पीडितले अनुदान पाइएला भनी महँगो ब्याजदरमा ऋण लिई आफैँ पुनःनिर्माणमा जुटे । ऋण गरी घर बनाएर बसे । त्यस्ता लाभग्राहीले मापदण्ड पूरा नभएको भनी हालसम्म पनि सरकारले घोषणा गरेको रु तीन


by RSS | Jul 20

img