mobile

इनल्याण्ड राजस्व विभागले तेलिया सोनारा विरुद्ध १५ दिने सूचना

By Anu Rana on Jan 06,2018 - 08:57


विदेशी लगानीमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई विविध शुल्क, रोयल्टी र करअन्तर्गत हालसम्म १ खर्ब ७९ अर्ब रुपैया योगदान गरेको देखिएको छ । ठूला करदाता कार्यालयका अनुसार विगत पाच वर्षमा राजस्वमा प्रत्यक्ष करतर्फ ६९ अर्ब, अप्रत्यक्ष करतर्फ ५५ अर्ब र अन्य थप योगदान ५५ अर्ब गरी जम्मा १ खर्ब ७९ अर्ब योगदान गरेको पाईन्छ ।

एनसेल नेपालको सबभन्दा ठूलो करदाता हो । आर्थिक वर्ष २०६९÷७० र २०७०÷७१ का लागि एनसेलले सरकारबाट उत्कृष्ट करदाताको सम्मान पनि पाएको छ । तर, टेलियाले लाभकर नतिरेपछि पछिल्लो समय यति धेरै राजस्व बुझाउने एनसेल विवादमा परेको छ ।यस विषयलाई लिएर विज्ञहरूले भने आपत्तिजनक जनाएका छन् । अर्थ राजनीतिक विश्लेषक डा। सुरेन्द्र केसी बर्सेनि उत्कृष्ट करदाताको उपाधि राज्यबाट पाउने एनसेलले कर तिरेन भनेर प्रचारित गर्नुले विभिन्न आशंकाहरू उत्पन्न भएको बताउनुहुन्छ । ।

सरकारले लाभकर टेलियासँग उठाउन सक्नुपर्छ, यसको बहानामा नेपालमै रहेको एनसेललाई सिध्याउनु सर्वथा जायज देखिँदैन । एनसेल नेपालको सम्पत्ति हो, यो सधैं नेपालमै रहन्छ । नेपालमा विदेशी लगानी र पुजी निर्माणको उदाहरणका रूपमा एनसेलमाथि किन यसरी कुप्रचार भइरहेको छ, मैले बुझ्न सकेको छैन ।’ पूर्वसचिव सूर्य सिलवाल पनि लाभकर तिर्नपर्ने दायित्व विक्रेताकै भएकाले विक्रेतासँगै कर असुल गर्न सरकारले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गर्नपर्ने बताउँछन् ।
निजी दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल प्रा।लि।ले ठूला कर दाता कार्यालयलाई आफ्नो तर्फबाट तिर्नुपर्ने सबै कर तिरेको दाबी गरेको छ । एनसेलले एक विज्ञप्ति प्रकासित गर्दै आफ्नो भुतपूर्व लगानीकर्ता टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्ग एएस ९“बिक्रीकर्ता”० द्धारा गरिएको अप्रत्यक्ष बिक्री ९“कारोबार”० सँग सम्बन्धित करको विषयमाठूला कर दाता कार्यालयलाई सम्पूर्ण कर तिरेको दाबी गरेको छ ।कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आयकर ऐन २०५८ अन्तर्गत पुँजीगत लाभकर आकर्षण गरेको उक्त कारोबारको सम्बन्धमा एनसेलले पूर्णरुपमा भुक्तानी गरेको प्रमाणित गरेको जनाएको छ ।’
इनल्याण्ड राजस्व विभाग अन्तर्गत ठूलो करदाता कार्यालयले १५ दिनको अल्टिमेट टेलिया सोनारा समूहलाई कर तिर्न सुझाब दिएको छ । ६५.४ बिलियन रुपैया जनवरी २०१८ सम्मा तिर्नुपर्ने भएको छ । ललितपुरको ठूलो करदाता कार्यालयले १५ दिन भित्र सबै कर तिर्न भुक्तानी गर्न तेलिया सोनारा समूहलाई नोटिस जारी गरेको छ। ूयो कार्यालय आयकर अधिनियम, २०५८ अनुसार सेक्शन १०४ देखि १११ मा निर्धारित सम्पूर्ण वा आवश्यक प्रक्रियाहरू लागू गर्न को लागी कर संग्रहण र पुन प्राप्ति कार्यहरू विस्तार गर्न बाध्य हुनेछू भनी यस नोटिसमा लेखिएको छ ।

ट्याग -  इनल्याण्ड , राजस्व , विभाग

SUGGESTED ARTICLES

img
पहाडी जिल्ला डडेल्धुराको आलितालमा डुंगा सञ्चालन

पर्यटन प्रवद्र्धनका लागि प्रदेश नं ७ को पहाडी जिल्लाकै ठूलो ताल आलितालमा डुंगा सञ्चालनमा ल्याइएको छ । डडेल्धुराको आलिताल गाउँपालिकामा रहेको आलितालमा पहिलो पटक डुंगा ल्याइएको हो । पहिलोपटक यस क्षेत्रको पहाडी जिल्लामा डुंगा भित्र्याइएको हो । पर्यटकलाई आकर्षण गर्न र उनीहरुलाई मनोरञ्जन दिनका लागि तालमा डुंगा सञ्चालनमा ल्याइएको छ । आव २०७४/०७५ मा आलितालमा डुंगा सञ्चालनका लागि विनियोजन


by RSS | Jul 19

img