mobile

अमेजनका सिइओ बेजोस विश्वकै सबै भन्दा धनी व्यक्ति

By Anu Rana on Jan 10,2018 - 19:07

ती टप टेन धनी ब्यक्तिहरुको नामहरु धेरै पहिले देखिनै चर्चामा रहँदै आएको नामहरु छन्, जस्मा बिल गेट्स, वारेन बफेट, कोच ब्रदर लगाएतका चर्चित नामहरु समावेश गरीएका छन् । २०१७ को सबै भन्दा धनी ब्यक्तिको रुपमा जेफ बेजोस निस्किएका छन् । उनी अमेरीकी नागरीक हुन् ,उनका कुल सम्पती ९८।३ बिलियन अमेरीकी डलर रहेको छ , बेजोस अमाजोन डट कमका सिइओ र फाइउडर पनि हुन् । उनी ५५ वर्षका भए । उनले १९९४ मा आमाजोनलाई पत्ता लागाएका थिए


अमेजन कम्पनीको शेयर मूल्यमा भएको २ प्रतिशतको बढोत्तरीसँगै बेजोसको कूल सम्पत्ति ९० करोड डलरले बढ्दै ९० अर्ब ६० करोड पुगेको छ । यसअघि पहिलो स्थानमा रहेका गेट्सको सम्पत्ति चाहिँ ९० अर्ब १० करोड डलर रहेको छ ।यद्यपि, गेट्सलाई पछि पार्दै बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति बनेको यो पहिलोपटक होइन । गत जुलाई महिनामा पनि अमेजनको शेयर मूल्यमा भारी बढोत्तरीसँगै बेजोसले बिल गेट्सलाई पछि पार्दै विश्वको सबैभन्दा धनी मानिस बनेका थिए । तर उनको त्यो ताज एक दिन पनि टिकेन । र, शेयर मूल्यमा भएको गिरावटसँगै केही घन्टामै उनी दोस्रो स्थानमा झरिहाले । जुलाई महिनामा बेजोसको सम्पत्ति ९० अर्ब ९० करोड पुगेको थियो ।

जेफ्रे प्रेस्टन बेजोस एक अमेरिकी प्रविधि र खुदरा उद्यमी, लगानीकर्ता, इलेक्ट्रिकल ईन्जिनियर, कम्प्यूटर वैज्ञानिक, र दार्शनिक, सबैभन्दा राम्रो, संस्थापक, अध्यक्ष र मुख्य कार्यकारीको रूपमा चिनिन्छ। जेफ्रे प्रेस्टन बेजोस को जन्म १२ जनवरी १९६४ मा अबलुकर्क न्यू मेक्सिकोमा भएको हो, उनको शिक्षा भने प्रिंसटन विश्वविद्यालय से साइंस  स्नातक सम्म अध्ययन गरेका हुन ।


जेफ बेजोस को आमा(पिता टेक्सास मा बस्थिए। जेफ को आमा पिता ले कड़ी मेहनत र लगन देखि २५००० एकड मा एक पशु फार्म खोलेका थिए। जेफ बेजोस को नाना जी अमेरिका मा परमाणु ऊर्जा आयोग मा क्षेत्रीय निर्देशक थिए ।


१९९९ को समय मा टाइम्स पत्रिका ले साल को विशेष व्यक्ति को नाम देखि सम्मानित गरेका थिए । २००८ मा यू एस समाचार र विश्व रिपोर्ट ले उनलाई अमेरिका को सबै भन्दा ठूलो नेताहरु मध्ये एक को रुपमा चुनेका थिए ।


अन्तर्राष्ट्रिय वित्तीय समाचार संस्था ‘ब्लुमबर्ग’ का अनुसार गत शुक्रबार बेजोसको अनलाइन रिटेलर कम्पनी अमेजन इंकको सेयर १३।२ प्रतिशत बढ्यो। यसले उनको स्वामित्वमा रहेको सम्पत्तिको मूल्य १० अर्ब २० करोड डलर वृद्धि भएको छ। यो वृद्धि जारी रहेको र सोमबारसम्म बेजोसको कुल सम्पत्ति ९३ अर्ब ८० करोड डलर पुगेको ब्लुमबर्गले जनाएको छ।


बेजोस त्यस्तो परिवारबाट आएका होइनन्, जहाँ सुनको चम्चाले खाने सुविधा हुन्छ। उनको जन्म न कुनै औद्योगिक घरानामा भयो न उनको परिवार चर्चित नै थियो। यहाँसम्म कि, बेजोस त बाबुबाट परित्यक्त सन्तान हुन्। उनले आमाको माया पाए पनि जन्म दिने बाबुले हेर्दा पनि हेरेनन्।
कलिलै उमेरमा बिहे गरेका १७ वर्षीया ज्याक्लिन गिज र १८ वर्षीय टेड जोर्गेन्सनका सन्तान हुन्, बेजोस।


हाइस्कुल पढ्दा–पढ्दै बिहे गरेर सन्तान जन्माएका ती दम्पतीको सम्बन्ध धेरै समय टिकेन। जोर्गेन्सन जँड्याहा थिए। राति अबेरसम्म बाहिरै बस्थे। ज्याक्लिनलाई कुटिरहन्थे। आजित ज्याक्लिनले विवाहको १७ महिनापछि नै अलग हुने निर्णय गरिन्। त्यतिबेला बेजोस एक वर्षका थिए।
जोर्गेन्सनसँग सम्बन्ध टुटेको तीन वर्षपछि ज्याक्लिनले क्यूबाबाट अमेरिका आएका मिगुअल बेजोससँग विवाह गरिन्। मिगुअलले बेजोसलाई आफ्नो थर मात्र दिएनन्, बाबुको माया पनि दिए।


अमेजन डटकम अनलाइन किनेमल गर्ने विश्वकै ठूलो बिक्रीकेन्द्र हो। इन्टरनेटमार्फत् किताब बेचेर सुरु भएको यो कम्पनीले डिभिडी, ब्लु–रे, सिडीहरूका साथै भिडियो, एमपिथ्री, अडियो किताब डाउनलोड, सफ्टवेयर, भिडियो गेम, विद्युतीय सामग्री हुँदै फर्निचर, खाद्यपदार्थ, खेलौना, गरगहना लगायत सबै किसिमका सर–सामान बेच्दै आएको छ।

 

तर मुद्रास्फीतिको लागि समायोजन बिना पनि, गेट्स अझै पनि महत्त्वपूर्ण करिब योगदानका लागि बेजोस भन्दा धेरै लायक हुनेछ। ब्लूमबर्गले आफ्नो सार्वजनिक खुलासा गरेको दानको यसको विश्लेषणले बताउँछ कि गेट्सले माइक्रोसफ्टको ७०० मिलियन शेयर, आजको मूल्यमा ६१.८ बिलियन डलर, र २.९ बिलियन डलरको नगदसम्मको मूल्य राखेको छ, जसले आफ्नो नेट लायक १५० बिलियन डलर प्रदान गर्नेछ।

ट्याग -  अमेजन डटकम अनलाइन , जेफ बेजोस , मिगुअलले बेजोस

SUGGESTED ARTICLES

img
रानीपोखरी पुनःनिर्माण जेठ १ गतेदेखि  

विसं २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको २०७२ माघ २ मा राष्ट्रपतिबाट पुनःनिर्माण अभियान प्रारम्भ भएको थियो । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेत क्षति पुगेको थियो ।


by Anu Rana | Apr 24

img