mobile

लामो समयदेखि ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त

By R. sharma on Jan 10,2018 - 21:36

लामो समयदेखि ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भएको छ । नेपाल आयल निगमको ४८ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा निगमका अधिकारीहरुले सरकारले लागु गरेको स्वचालित मूल्य प्रणालीका कारण आयल निगम ऋण मुक्त बनेको जानकारी दिइएका हुन ।

गतवर्षसम्म नेपाल आयल निगमको ३७ अर्व रुपैया ऋण रहेको थियो । सरकारले २०७१ सालमा लागु गरेको स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा पनि मूल्य समायोजन हुने गरेको छ । नेपाल आयल निगमले अहिले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको कारोवार गर्दै आएको छ ।

आयल निगमसंग अहिले पेट्रोलको भण्डारण ६ दिनका लागि र डिजेलको भण्डारण १२ दिनका लागि पुग्ने अवस्था छ । निगमले सबै प्रदेशमा कम्तिमा ९० दिनका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न पुग्ने गरी पूर्वाधार विकास गर्न लागेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताउनु भयो । निगमको अहिले वार्षिक कारोवार झण्डै २ खर्व रुपैया रहेको छ

ट्याग -  आयलनिगम

SUGGESTED ARTICLES

img
पहाडी जिल्ला डडेल्धुराको आलितालमा डुंगा सञ्चालन

पर्यटन प्रवद्र्धनका लागि प्रदेश नं ७ को पहाडी जिल्लाकै ठूलो ताल आलितालमा डुंगा सञ्चालनमा ल्याइएको छ । डडेल्धुराको आलिताल गाउँपालिकामा रहेको आलितालमा पहिलो पटक डुंगा ल्याइएको हो । पहिलोपटक यस क्षेत्रको पहाडी जिल्लामा डुंगा भित्र्याइएको हो । पर्यटकलाई आकर्षण गर्न र उनीहरुलाई मनोरञ्जन दिनका लागि तालमा डुंगा सञ्चालनमा ल्याइएको छ । आव २०७४/०७५ मा आलितालमा डुंगा सञ्चालनका लागि विनियोजन


by RSS | Jul 19

img