mobile

पृथ्वीजयन्ती तथा एकता दिवस मनाइदै

By R. sharma on Jan 11,2018 - 09:24

आज पृथ्वीजयन्ती तथा एकता दिवस नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरि मनाइदै छ । जनअान्दोल  ६२ ।६३ पछि पहिलो पटक दिवस मनाउन लागिएको हो ।  पृथ्वीजयन्तीका दिन दिइँदै आएको बिदा ०६३ सालमा भएको जनआन्दोलनपछि गठित सरकारले कटौती गरेको थियो। यो वर्ष भने मन्त्रिपरिषद्ले निर्णय गरी पृथ्वीजयन्तीका अवसरमा बिदा दिइएको छ।

तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ। गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते पृथ्वीनारायणको जन्म भएको थियो। टुक्रे राज्यलाई समेट्ने क्रममा वि.सं. १८२५ मा इन्द्रजात्राका दिन आक्रमण गरी उनको फौजले काठमाडौंमाथि विजय प्राप्त गरेको थियो। यसपछि उनले एकीकृत नेपालको राजधानी काठमाडौंलाई बनाएका थिए। उनले सुरू गरेको एकिकरण अभियान छोरा बहादुर शाहको पालासम्म बढ्दै गएर नेपालको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो। पछि नेपाल–अंग्रेज युद्धका क्रममा नेपाल अहिलेको क्षेत्रफलमा समेटिन पुग्यो। 

ट्याग -  पृथ्वी जयन्ती

SUGGESTED ARTICLES

img
माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ ।शुक्रबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा प्रदेश सरकारको गठन, राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको पूर्णताका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट र पार्टी एकतामा केन्द्रित भएर कुराकानी भएको थियो ।


by R. sharma | Jan 19

img