mobile

राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक, माघ १० गते मनोनयन पत्र

By R. sharma on Jan 11,2018 - 09:52

निर्वाचन आयोगले यहि माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको हिजो बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिन गरेको हो ।कार्यतालिका अनुसार माघ ७ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । प्रकाशित नामावलीमाथी सोही दिन दावी विरोधको उजुरी दिने कार्यसूची रहेको छ । त्यसका लागि बिहान ११ बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ । यसरी परेका उजुरी उपर छानविन गरी माघ ८ गते अन्तिम नामावली प्रकाशन गरिनेछ । माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नुका साथै त्यसरी दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिनेछ । त्यसपछि माघ ११ र १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यसूची रहेको छ । माघ १३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र १४ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । यसैगरी माघ १४ र १५ गते २ दिन उम्मेदवारलाई नाम फिर्ता लिनका लागि समय दिइनेछ भने १५ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै उम्मेदवारलाई निर्वाचन चिन्ह पनि प्रदान गरिनेछ । यसका लागि निर्वाचन आयोगले बिहिवार नै निर्वाचन अधिकृतहरु नियुक्ति गर्दैछ भने पुष २९ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्थानिय तहमा निर्वाचित भएका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरि १५ सय ६ जना तथा ५ सय ५० प्रदेशसभाका सदस्य गरि कूल २ हजार ५६ जना मतदाता रहेका छन् । यसैगरी निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतका रुपमा उच्च अदालतका न्यायाधिसहरुलाई ७ वटा स्थानमा नियुक्ति गरिसकेको पनि आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारीहरुको व्यवस्थापन पनि गरिसकिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो । निर्वाचन कार्यतालिकालाई अप्ठ्यारो नपर्ने गरि माघ ७ गतेभित्रमा प्रदेश प्रमुखको नियुक्ती गर्न पनि सरकारलाई प्रवक्ता ढकालले अनुरोध गर्नुभएको छ । एकल संक्रमणिय र बहुमतिय प्रणालीबाट राष्ट्रिय सभा सदस्य चयन गरिने भएकाले दुई थरिको मतपत्र हुने आयोगले जनाएको छ । जसअनुसार ३ जना महिला र अन्य तिनजना सदस्य एकल संक्रमणिय प्रणालीबाट चुनिने छन् भने बाँकी रहेका दलित एक जना र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट १ जना भने बहुमतिय प्रणालीबाट निर्वाचित हुनेछन् । माघ १५ गतेभित्र नमूना मतपत्र छापिसक्ने  आयोगले जनाएको छ ।          

ट्याग -  निर्वाचन आयोग

SUGGESTED ARTICLES

img
संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउनुभएको छ । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताउनुभयो । “संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय हो, अहिले केही कानूनहरु


by RSS | Jul 20

img