mobile

पूर्व राजा भन्छन् देशको अस्तित्व नै खतरमा छ। सम्हालिएर अघिबढौं

By R. sharma on Jan 11,2018 - 10:08

पूर्व राजा ज्ञानेन्द्र शाहले अहिले देशको अस्तित्व नै खतरामा रहेकाले सम्हालिएर अघि बढ्नु पर्ने बताएका छन् । पृथ्वीनारायण शाहको २९६ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना दिँदै शुभकामना सन्देशमा पूर्व राजा ज्ञानेन्द्रले मानवसमाजको समष्टिगत एकता, मौलिक सँस्कृति, धर्म, परम्परा र विशिष्ट पहिचानको समग्र रुप देश रहेको र देश बाँचे मात्रै नागरिक बाँच्ने उल्लेख गरेका छन् ।

नयाँ नेपालको सपना देखाउँदै भएको राजनीतिक परिवर्तनले देशको विशिष्ट पहिचानलाई उचो बनाउनुको साटो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा क्षेत्रीय अखण्डता मक्किँदै गएको शुभकामना सन्देशमा उल्लेख छ । स्वतन्त्र र सार्वभौम देशका लागि भौगोलिक एवम् सामाजिक एकताको कडीमा नागरिक रहनु पर्ने र साशनसत्ता पनि त्यहि अनुरुपको हुनु पर्नेमा उनले जोड दिएका छन् ।

अहिले देशको अस्तित्व नै खतरामा रहेकाले सम्हालिएर अघि बढ्नु पर्ने उनको भनाइ छ । उनले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएकोमा खुशी भएको संकेत गर्दै उनले देश राम्रो बन्ने आशाको दियो जागेको बताएका छन् ।

देशको अस्तित्व नै खतरामा रहेकाले सम्हालिएर अघि बढन पूर्व राजा ज्ञानेन्द्रको सुझाब 

ट्याग -  पूर्वराजा

SUGGESTED ARTICLES

img
संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउनुभएको छ । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताउनुभयो । “संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय हो, अहिले केही कानूनहरु


by RSS | Jul 20

img