mobile

पार्टी एकताको खाँका निर्माण गर्दै बाम कार्यदल 

By R. sharma on Jan 11,2018 - 10:19

नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा गठित कार्यदल पार्टी  एकताको खाँका निर्माणमा जुटेको छ । हिजोबाट काम शुरु गरेको कार्यदलले प्रदेश मुख्यमन्त्री तथा राष्ट्रियसभा उम्मेदवार छनोटमा पार्टी एकताको गति र भावलाई मुख्य आधार बनाउने भएको छ। कार्यदलले प्रदेश मुख्यमन्त्री तथा मन्त्रालयहरुको बाँडफाँट साथै राष्ट्रियसभाका उम्मेदवारहरु छनोट गर्दा पार्टी एकतामा बाधा उत्पन्न हुने गरी कुनै काम नगर्ने भएको हो। दुवै पार्टीका दोस्रो तहका ३/३ सदस्य सम्मिलित कार्यदलले पार्टी एकताको गतिलाई सहयोग पुग्ने गरी आगामी २४ माघमा हुने राष्ट्रियसभाको निर्वाचनका उम्मेदवार छनोट गर्ने भएको छ। आगामी २४ माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा प्रत्येक प्रदेशबाट ८ जनाको दरले ५६ जना निर्वाचित हुनेछन्। तीनजना सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले चुन्ने संवैधानिक व्यवस्था छ।

 

ट्याग -  बाम एकता

SUGGESTED ARTICLES

img
माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ ।शुक्रबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा प्रदेश सरकारको गठन, राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको पूर्णताका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट र पार्टी एकतामा केन्द्रित भएर कुराकानी भएको थियो ।


by R. sharma | Jan 19

img