mobile

सनराइज बैंक लिमिटेडको शाखा सानेपामा

By RSS on Jan 11,2018 - 13:28

सनराइज बैंक लिमिटेडले काठमाडौंको सानेपामा शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन् मिति २०७४/०९/२६ गते बुधबारका दिन एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री चिन्तामणी सिवाकोटीले गर्नुभयो । सो समारोहमा बैंकका संचालकहरु डा. भोगेन्द्र गुँरागाई, ई.बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य, बैंकका उच्च पदाधिकारीहरु लगायत स्थानीय सर्वसाधारण तथा ग्राहक वर्गको उपस्थिति रहेको थियो ।

यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्याउने बिश्वास लिनुका साथै सानेपाबासीहरुलार्ई सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देथ्य लिएको छ । हाल सनराइज बैंक लिमिटेडले नेपाल अधिराज्य भर ७२ वटा शाखा, ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १८ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ट्याग -  सनराइज बैंक लिमिटेडले काठमाडौंको सानेपामा शाखा स्थापना

SUGGESTED ARTICLES

img
नेपालमा अन्नबाली आयात वर्षेनी बढ्दै

मुलुकमा धान, मकै, गहुँ, जौ, फापर र कोदोजस्ता अन्नबालीको आयात केही वर्षदेखि बढ्दै गएको पाइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०७४/०७५ को जेठ मसान्त ९१( महिना) भित्र रु ४१ अर्ब ३२ करोडको अन्न आयात भएको छ । सोही अवधिमा करीब रु एक करोड ६४ लाख बराबरको स्वदेशी अन्नबाली निर्यात भएको छ ।


by RSS | Today, 12:19 PM

img