mobile

पाथीभरा बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि महायज्ञ

By RSS on Jan 11,2018 - 14:09

ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि सहयोग संकलन गर्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ । 

स्नातकोत्तर तहको सम्बन्धन लिई पठनपाठन सञ्चालन गर्न र क्याम्पसको भौतिक पूर्वाधारको विकासका लागि आवश्यक आर्थिक रकम जुटाउन महायज्ञ आयोजना गर्न लागिएको क्याम्पसले जनाएको छ । 

ख्यातिप्राप्त विद्वान एवं प्राज्ञको वाचकत्वमा क्याम्पस परिसरमा सञ्चालन हुने उक्त महायज्ञ आगामी माघ २४ देखि फागुन १ गतेसम्म सञ्चालन हुने क्याम्पस प्रमुख मोहनकुमार राईले बताउनुभयो । 

महायज्ञबाट रु तीन करोडभन्दा बढी रकम संकलन हुने आङ्कलन गरिएको छ । महायज्ञ सञ्चालन गर्नका लागि एक समिति गठन गरिएको छ भने अन्य तयारीसमेत भइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्र तुम्याहाङले जानकारी दिनुभयो । रासस

ट्याग -  पाथीभरा बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि सहयोग संकलन

SUGGESTED ARTICLES

img
डोलेश्वर र आशापुरीमा एकमहीने मेला शुरु

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आजदेखि एकमहीने साउने मेला शुरु भएको छ । यही साउन १ गते बिहान ७ बजे चन्द्रविनायक गणेश मन्दिरदेखि केदारनाथको शिर मानिने डोलेश्वर मन्दिरसम्म कलश यात्रा गरी मेला शुरु भएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका वरिष्ठ उपाध्यक्ष एवं वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । मेला ३८ दिनसम्म चली भदौ ६ गते


by RSS | Today, 12:39 PM

img