mobile

राजस्थानी ऊँट महोत्सवको आकर्षण

By RSS on Jan 11,2018 - 14:27

‘माया जहिले रिसाउनी...’ गीतको लयमा ऊँटले खुट्टा र शरीरको चाल मिलाएपछि सबै दङ्ग देखिन्थे । जीवनमा कहिल्यै ऊँटै नदेखेका त झन् ‘उँटको नाच’ हेरेर आश्चर्यमा परे । 

भारतको राजस्थानदेखि दुई हजार ५५५ किमी यात्रा तय गरेर यहाँ ल्याइएको ऊँट हेर्ने मौका सजिलै मिलेको भने होइन । मरुभूमिमा पाइने ऊँटलाई चिसो हावापानीयुक्त पहाडी भूमिमा देखाउने आँट बागलुङ उद्योग वाणिज्य संघले गरेको हो । ‘सोनु’ नाम गरेको साढे ४ वर्षको ऊँट बागलुङ महोत्सवको मुख्य आकर्षण बन्यो । 

दर्शकले ऊँटलाई हेरेनन् मात्र ऊँटलाई छोए र ऊँटको नाच तथा अभिनयमा लोभिए पनि । नाम र तस्बीरमा मात्र सुने, देखेको जनावर प्रत्यक्ष देख्न पाउँदा सर्वसाधारण उत्साहित बने । मरुभूमिको ऊँट आफ्नै ठाउँमा देख्न पाउँदा रमाइलो लागेको बागलुङ नगरपालिका–२ का उषा पौडेलले बताउनुभयो । 

‘बिजी ग्रुप’का सञ्चालक शिवलाल गौतममले वैधानिक रुपमा पहिलो पटक आफूहरुले ऊँट नेपाल भित्र्याएको दाबी गर्नुभयो । २ वर्षअघि राजस्थानबाट ल्याएको ऊँटलाई व्यावसायिक रुपमा प्रदर्शन गर्ने गरिएको उहाँको भनाइ छ । ऊँटलाई नेपाल ल्याउँदा करिब रु १० लाख खर्च भएको गौतमले बताउनुभयो । 

बागलुङ महोत्सव सकिएलगत्तै उक्त ऊँट अहिले चितवनको गैडाकोटमा आयोजित महोत्सवमा पुगेको छ । मेला, महोत्सवबाट आउने मागले आगामी चैतसम्म ऊँटको कार्यतालिका व्यस्त रहेको अर्का सञ्चालक जीवन पँगेनीले बताउनुभयो । “जताततैबाट माग आउने गरेको छ, हामीलाई भ्याइनभ्याई छ”, उहाँले भन्नुभयो । महोत्सवमा ऊँट राख्दा दर्शकलाई आकर्षित गर्न सकिने हुँदा आयोजकबाट बढी माग आउने गरेको उहाँको भनाइ छ । महोत्सवमा रु ५० मा टिकट काटेर ऊँट हेर्न पाइने व्यवस्था मिलाइएको थियो । रासस

ट्याग -  मरुभूमिमा पाइने ऊँटलाई चिसो हावापानीयुक्त पहाडी भूमिमा देखाउने आँट बागलुङ उद्योग वाणिज्य संघले गरेको हो

SUGGESTED ARTICLES

img
सडक दुर्घटनामा मृत्यु

गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । बा १३ च ६४४२ नं को निजी जीप हेटौँडा जाने क्रममा स्थानीय दल्खुस्थित बलामी गाउँ नजीक दुर्घटना हुँदा चोभारकी विनादेवी मण्डलको मृत्यु भएको महनगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएकी ५२ वर्षीया मण्डलको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो ।


by RSS | Oct 15

img