mobile

निर्वाचनमा घाइते भएकाको उपचार राज्यले गर्न माग

By RSS on Jan 11,2018 - 14:48

नेपाली काँग्रेस नुवाकोट जिल्लाशाखाले निर्वाचनमा पूर्वअर्थमन्त्री डा रामशरण महतलाई लक्षित गरी ककनी गाउँपालिकामा भएको बम विस्फोटमा घाइते विद्यार्थी उपेन्द्र मिश्रसहित चुनाबका क्रममा घाइते भएका देशभरका व्यक्तिको उपचार राज्यले गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । 

जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको नेतृत्वमा आज बालुवाटार पुगेको टोलीले भूकम्पपीडितलाई दिएको कम रकमले तिनको घर निर्माणमा समस्या भएको भन्दै रु दुई लाख थप गर्न आग्रहसमेत गरेको छ । 

यसैगरी पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्य विजयका क्रममा नुवाकोटलाई राजधानी बनाउन उपयुक्त स्थान देखेका थिए त्यसैले अहिले पनि प्रदेश नं ३ को अस्थायी राजधानी नुवाकोट बनाउन पनि उक्त टोलीले माग गरेको छ । 

भेटमा प्रधानमन्त्री देउवाले उक्त टोलीले उठाएका मागमा आफू गम्भीर भएको र यस विषयमा छलफल गरेर आवश्यक निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी नेविसंघका नेता निरञ्जन थापाले जानकारी दिनुभयो ।रासस

ट्याग -  चुनाबका क्रममा घाइते भएका देशभरका व्यक्तिको उपचार राज्यले गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ

SUGGESTED ARTICLES

img
बास्तोलाको निधनप्रति दुःख व्यक्त

पूर्वसांसद मञ्च नेपालले नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रजातन्त्र पुनःस्थापनाका अथक योद्धा स्व बास्तोलाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मञ्चले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । संस्थाका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गर्नुभएको समवेदना सन्देशमा यस दुःखद् घडीमा मञ्च उहाँप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दछ भनिएको छ । 


by RSS | Oct 15

img