mobile

चिनियाँ इन्टरनेट भित्र्याउने तयारी पूरा

By Anu Rana on Jan 11,2018 - 19:52

लामो प्रतीक्षा पछि, नेपाल टेलिकमले चाइनाको बाटो हुँदै नेपालमा इन्टरनेट भित्र्याउने तयारी पूरा भएको जनाएको छ । राज्यको स्वामित्व वाली दूरसंचार कम्पनी ( नेपाल दूरसंचार NT ( ले भन्यो कि सबै ग्राउण्डवर्क १२ जनवरी देखि चीनी बैंडविड्थ संग औपचारिक रूप देखि नेपाल लाई पूरा गरेको छ।


गत मंसिरमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल ९सीटीजी० बीच भएको सम्झौता अनुरूप टेलिकमले व्यावसायिक रूपमा चाइनाबाट इन्टरनेट ल्याउने तयारी गरेको हो । यसका लागि टेलिकमले गत हप्ता नै आफ्नो तर्फबाट सम्पूर्ण काम सकिएको जानकारीसहित व्यावसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले सीटीजीलाई पत्राचार गरिसकेको खबर हामीले अन्नपूर्ण छापिएको छ ।


इन्टरनेटमा जोडिने भाका पटक(पटक भाका सार्दै आएको नेपाल टेलिकमले अन्ततः चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरेको छ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत रं नेपालका लागि चिनिया राजदुत यु होङले संयुक्तरुपमा शुक्रबार यो नेटवर्कको औपचारिक उद्घाटन गर्ने भएको छ ।


हिउँले प्रभावित क्षेत्रबाट आउने अप्टिकललाई चीनले रि(रुटिङ गर्दै नेपाललाई इन्टरनेटमा भारतीय परनिर्भरताबाट विकल्प प्रदान गरेको छ । पहिरोमा फसेको ३ किलोमिटर अप्टिकल रुटलाई रि(रुटिङ गरेर नेपाल इन्टरनेट मार्गमा नयाँ विकल्प तयार गरेको हो ।


चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको १ वर्षपछि चिनियाँ इन्टरनेट नेपालसँग जोडिएको हो । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको थियो ।


ल्त् को अनुसार, चिनियाँ इन्टरनेट रासोवागढी गेटवे मार्फत आपूर्ति गरिनेछ। जस्तै इन्टरनेटको प्रयोगले देशमा छिटो बढ्दै गएको छ, चिनियाँ इन्टरनेट ब्यान्डविड्थ, नेपालको वैकल्पिक स्रोतको रूपमा बढ्दो ब्यान्डविथ माग पूरा गर्न को लागी, साथै, चिनियाँ ब्यान्डविथ परियोजनाको व्यावसायिक अपरेसन इन्टरनेट ब्यान्डविड्थको लागि भारतमा नेपालको मात्र निर्भरता समाप्त हुनेछ।

चीनसँग स्थल मार्ग हुँदै फाइबर जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने अपेक्षा छ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्तर्राष्ट्रिय कनेक्टिभिटीको लागि यो अर्को महत्वपूर्ण विकल्प हो ।


चीनसँगको इन्टरनेट आवद्धताले अप्ठेरा परिस्थितमा पनि नेपाललाई विकल्पहरु प्राप्त भएको छ । नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आवद्ध भएको छ, चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ ।


अहिलेसम्म भारतबाट आइरहेको इन्टरनेट समुन्द्रको बाटो हुँदै आएको थियो । अब आउने इन्टरनेट जमिन मुनिबाट आउनेछ । यसले इन्टरनेटको व्यान्डविथसमेत राम्रो हुने अधिकारी बताउँछन् । उनका अनुसार इन्टरनेट मर्मतको हिसाबले पनि सहज हुनेछ । ‘चाइनाबाट आउने इन्टरनेट नेपालमा प्रयोग भइरहेको इन्टरनेट व्यान्डविथको तुलनामा पाँच प्रतिशत पनि छैन’, उनले भने, ‘यो सुरु भएसँगै चाइनाबाट आउने इन्टरनेटको ब्यान्डविथ पनि थप्दै जान सकिन्छ ।’ यसले इन्टरनेटको मूल्यमा पनि कमि आउन सक्ने अपेक्षा गर्न सकिन्छ । नेपाललाई इन्टरनेटको ट्रान्जिट बिजनेस गर्ने अवसर पनि प्रदान गर्नेछ । नेपालले भारतको इन्टरनेट चीन र चीनको इन्टरनेट भारतमा बेच्न सक्नेछ ।

ट्याग -  भारत इन्टरनेट , चीन इन्टरनेट

SUGGESTED ARTICLES

img
गूगलले आफ्नो सोशल नेटवर्क बग बन्द गर्ने घोषणा गऱ्यो

गूगलले उसको सोसियल मिडिया प्लेटफर्म बन्द गरेको छ । सन् २०११ मा फेसबूकसँग प्रतिस्पर्धा गर्न ल्याइएको गूगलप्लसले सोचेअनुरूपको प्रतिफल नदिए सँगइ अमेरिकाको विशाल इन्टरनेट कम्पनी गूगलले उपभोक्ताद्वारा प्रयोग गरिने आफ्नो अनलाइन सोशल नेटवर्क बग बन्द गर्ने घोषणा गरेको छ।


by Anu Rana | Oct 10

img