mobile

माओबादी केन्द्रका मन्त्रीहरु फिर्ता बोलाइदैै

By R. sharma on Jan 11,2018 - 22:40

केहि महिनादेखि विनाविभागीय मन्त्री रहेका नेकपा (माओवादी केन्द्र)का मन्त्रीलाइ फिर्ता वोलाइने भएको छ । मन्त्रीलाइ फिर्ता बोलाउनका लागि पार्टी अध्यक्ष पुष्प कमल दाहालले प्रधामन्त्रीलाइ पत्र पठाउने निर्णय भएको पार्टी प्रवक्ता पम्फा भुसालले जानाकारी दिएकी छन् ।

उनले पार्टीकोतर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले पार्टीले फिर्ता बोलाएको पत्र सहित प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने पार्टीले निर्णय गरेको बताइन। 

देउवा सरकारमा माओवादी केन्द्रका नौ मन्त्री, सात राज्यमन्त्रीसहित १६ जना मन्त्री छन्। उपप्रधानमन्त्री तथा विनाविभागीय मन्त्री महरा, मन्त्रीहरु गिरिराजमणि पोखरेल,जनार्दन शर्मा, प्रभु शाह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार थारु रहेका छन् ।

त्यस्तै राज्यमन्त्रीहरुमा मोहम्मद जाकिर हुसेन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर, वाङदी शेर्पाले रहेका छन् । गठवन्धन बनेपछि प्रधानमन्त्री देउवाले माओबादी मन्त्रीहरुलाइ भुमिका विहिन बनाएका थिए । त्यस लगतै राजीनामा दिने भनिएपनि चुनाव नगराउने अाशंका गर्दै निर्वाचन नभएसम्म माओबादी केन्द्रले सत्ता बाट बाहिर नअाउने निर्णय गरेको थियो । 

ट्याग -  माओबादी मन्त्री

SUGGESTED ARTICLES

img
बास्तोलाको निधनप्रति दुःख व्यक्त

पूर्वसांसद मञ्च नेपालले नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रजातन्त्र पुनःस्थापनाका अथक योद्धा स्व बास्तोलाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मञ्चले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । संस्थाका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गर्नुभएको समवेदना सन्देशमा यस दुःखद् घडीमा मञ्च उहाँप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दछ भनिएको छ । 


by RSS | Oct 15

img