mobile

माग पूरा नभएसम्म डा केसीले अनशन जारी राख्ने

By R. sharma on Jan 11,2018 - 22:52

प्रा डा गोविन्द केसीले माग पूरा नभएसम्म आफ्नो अनशन जारी राख्ने बताएका छन्। आज एक विज्ञप्ति जारी गर्दै केसीले आफ्ना माग पूरा नभएकाले अनशन जारी रहने स्पष्ट पारेका हुन्।

अदालतको सम्मानप्रति मेरो सधैँ सम्मान रहेको छ, उनले विज्ञप्तिमा भनेका छन, प्रधानन्यायाधीशबारे मैले उठाएका प्रश्नलाई गम्भीरतापूर्वक लिएर सर्वोच्च अदालतले उहाँलाई न्यायिक छानबिनको दायरामा ल्याएकोमा सो आदेशको प्रशंसा गर्दछु।’

छानबिनपछि सत्य र तथ्यगत रुपमा निर्णय हुने विश्वास व्यक्त गर्दै डा केसीले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा न्यायालयको शुद्धीकरणको अभियानमा आफ्ना बाँकी माग पूरा नहुञ्जेल आफ्नो अनशन जारी रहने विज्ञाप्तीमा उल्लेख गरेका छन् ।

चिकित्सा शिक्षा अध्ययन संस्थानको चार वर्षअघिको डिन पुनःबहालीसम्बन्धी सर्वोच्च अदालतले गत आइतबार गरेको आदेश न्यायसंगत नभएको भन्दै डा केसीले प्रधानन्यायाधीशको राजीनामाको मागसहित सोमबारदेखि १४औँ अनिश्चितकालीन आमरण अनशन सुरु
गरेका थिए।

ट्याग -  केसी अनशन

SUGGESTED ARTICLES

img
पर्यटनका लागि घरवास र पदयात्रा

पछिल्लो समयमा बढ्दै गएको घरवास (होम स्टे) कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने उद्देश्यका साथ घरवास र पदयात्राद्वारा पर्यटनलाई जोड्ने प्रयास शुरु भएको छ । नेपालका रमणीय गाउँहरू प्रचारप्रसार एवं पूर्वाधार विकासका दृष्टिले पछि परेको अवस्थालाई दृष्टिगत गरी घरवास पर्यटनको अवधारणालाई अघि सारिएको हो । 


by RSS | Jan 19

img