mobile

राष्ट्रिय सभा निर्बाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

By R. sharma on Jan 12,2018 - 06:03

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्बाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले सम्बन्धित प्रदेशमा उच्च अदालत रहेको जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरेको हो । जस अनुशार प्रदेश नम्बर -१ मा मोरङ जिल्ला अदालतका राजुकुमार खतिवडा,प्रदेश नम्बर -२ मा धनुषाका राधाकृष्ण उप्रेती,प्रदेश नम्बर-३ ललितपुरका बालमुकुन्द दवाडी,खप्रदेशनम्बर -४ मा कास्कीका दीपेन्द्र अधिकारी,प्रदेश नम्बर-५ मा दाङका हेमन्त रावल,खप्रदेश नम्बर -६ सुर्खेतका मेदिनीप्रसाद पौडेलर प्रदेश नम्बर- ७ मा डोटीका जयानन्द पनेरुलाई निर्वाचन अधिकृत तोकिएको छ । आयोगले उच्च अदालत रहेको एक नम्बर प्रदेशको मोरङ, दुईको धनुषा, तीनको ललितपुर, चारको कास्की, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्ने निर्णय गरेको थियो ।माघ ७ गतेबाट लागु हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको आयोगले माघ १० गते मनोनयन दर्ता र माघ २४ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । निर्वाचन अधिकृतको कार्यालय भने शनिबारबाट सञ्चालनमा आउनेछन् ।

ट्याग -  राष्ट्रिय सभा , निर्वाचन आयोग

SUGGESTED ARTICLES

img
माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ ।शुक्रबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा प्रदेश सरकारको गठन, राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको पूर्णताका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट र पार्टी एकतामा केन्द्रित भएर कुराकानी भएको थियो ।


by R. sharma | Jan 19

img