mobile

प्रधानन्यायाधीशको सम्वन्धमा बारले धारण बनाउदै

By R. sharma on Jan 12,2018 - 06:10

सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाएपछि उनीबारे धारणा बनाउन नेपाल बार एशोसिएशनको सल्लाहकार र कार्यसमितिको  बैठक बस्ने भएको छ।

आज बैठक बसेर प्रधानन्यायाधीश जोडिएको यो मुद्दामा नेपालबारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने अध्यक्ष शेरबहादुर केसीले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालका प्राध्याकप डा. गोविन्द केसी विरुद्धको अवहेलना मुद्दामाथि सुनुवाई गर्दा सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिनका लागि झिकाएपछि उनले काम गर्ने वा नगर्ने भन्नेबारे गम्भीर प्रश्न उठेको छ।

एकथरीले नैतिकताको आधारमा उनले आफ्नो कामबाट अलग बस्नुपर्ने भनिरहेका छन्। अर्काथरिले भने संविधान र प्रधानन्याधीशले निर्वाध काम गर्न संविधान र कानुनले नरोकेको बताएका छन्।

 

ट्याग -  बार

SUGGESTED ARTICLES

img
माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ ।शुक्रबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा प्रदेश सरकारको गठन, राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको पूर्णताका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट र पार्टी एकतामा केन्द्रित भएर कुराकानी भएको थियो ।


by R. sharma | Jan 19

img